स्कुटर उत्पादक कम्पनी भेष्पाले आफ्नो पावरफूल स्कुटर टीजीएस–३०० एचपीई सार्वजनिक गर्ने भएको छ । कम्पनीले उक्त स्कुटरमा २७८ सीसी सिङ्गल सिलिन्डर हाई–पफर्मेन्स इन्जिन (एचपीई) लगाएको छ ।
उक्त इन्जिनले ८ हजार २५० आरपीएममा २३.८ बीएचपी पावरकासाथै ५ हजार २५० आरपीएममा २६ एनएम–टर्क उत्पादन गर्छ । इन्जिनमा सीभीटी ट्रान्समिसन लगाइएको छ भने सुरक्षाका लागि स्ट्यान्डर्ड एबीएस, डबल–डिस्क ब्रेकिङ्ग सिस्टमको व्यवस्था गरिएको छ ।
रस्ट्रो स्टाइलमा निर्माण भएको यस स्कुटरमा हेडलाइट मास्क, फ्रन्ट फेन्डरमा ग्रानिश, रियर भ्यू मिरर हाउजिङ्ग, पिलन ग्राब–रेल, एक्जस्ट हिट सिल्ड र टेलिङ्ग सराउन्डीङ्ग लगाइएको छ । यसमा लेटेस्ट, हेडलाइट टेल ल्याम्प, एलईडी युनिट, भेस्पा एमआईए कनेक्टिभिटी सिस्टम उपलब्ध ब्लू–टुथ, टीएपटी सिस्टम, स्मार्टफोन इन्र्टेगेशनलगायतका विशेषता दिइएको छ ।
यसमा उपलब्ध टीएफटी डिस्प्लेमा मोबाइलमा आएको फोन र म्यासेजको सूचना हेर्न सकिने कम्पनीले जनाएको छ । यसका अलवा स्कुटरमा यूएसबी चार्जरसँगै अन्य स्मार्ट इलेक्ट्रोनिक विशेषता दिइएको छ ।
कम्पनीले यसलाई छिट्टै दक्षिण एसियाली बजारमा सार्वजनिक गर्ने जनाएको छ ।


