काठमाडौं । अटोमोबाइल उद्योगमा भारत सबैभन्दा छिटो अगाडि बढि रहेको छ र पछिल्ला दिनमा सबैभन्दा बढी कार लन्च पनि भारतमा भएको देख्न सकिन्छ ।
अब, धेरै ठूला विदेशी अटो उत्पादकहरु भारतमा आफ्नो ब्यवसाय जमाउन चाहन्छन् । अर्को ५ वर्षमा भारतमा उत्पादन सुरु गर्ने लक्ष्य बनाउने धेरै कम्पनी भएपनि यी ३ कम्पनी आउने पक्का भएको छ ।
प्यूजो
फ्रान्सेली कार निर्माता कम्पनी प्यूजो यस वर्षबाट भारतमा फेरी प्रवेश गर्दै छ । कम्पनीको अनुसार, उनि ‘पुश टु पास’ योजना अनुसार भारत फर्कने तयारी गरेको छ ।
कम्पनीले नयाँ प्रबेशको लागि चेन्नईमा हिन्दुस्तान मोटर्सको प्लान्ट किनेर स्थानीय पार्टनर सिके बिरला ग्रुपसँग मिलेर हिन्दुस्तान मोटरको प्रोपर्टी खरिद गरेको छ । यसअघि प्यूजो १९९० मा भारतमा आएको थियो । त्यसपछि, १९९७ मा प्रिमियम अटो मोबाइलको साथ पार्टनर शिप मामलापछि भारत छोडेर गएका थिए ।
मकल्यारेन
ब्रिटिश स्पोर्टस कार निर्माता मकल्यारेन यो वर्ष भारतमा प्रवेश गर्ने तयारी गर्दैछ । अटो कार इन्डियाको रिपोर्ट अनुसार, कम्पनीले भारतमा आफ्नो डिलरशिप नेटवर्क निर्माण गर्न वार्ता गरिरहेको छ ।
कम्पनीको अनुसार, एन्ट्री लेवल ५४० सीसीदेखि लिएर स्पोर्टस कारहरुको पुरै रेन्ज भारतमा उत्पादन गर्ने छ । यस बाहेक, कम्पनीले ५ सय ७० सिरिज, ६ सय ५० एस, ६ सय ५० एलटी र ७ सय २० एस पनि पेश गर्नेछ ।
जेनेसिस
हुन्डाई मोटर इन्डियाको स्वामित्वमा रहेको लग्जरी ब्रान्ड जेनेसिस भारतमा आउने तयारी गरिरहेको छ । हुन्डाई मोटर इन्डियाको प्रबन्ध निर्देशक वाईके कूका अनुसार जेनेसिस ब्रान्ड सन् २०२० सम्म भारतमा आउने छ । जेनेसिस ब्रान्डको कारहरुले भारतमा आउडी, बीएमडब्ल्यू र मर्सिडीज बेन्ज जस्ता कारहरुसँग प्रतिस्पर्धा गर्नेछ ।