चर्चित टोयोटा कोरोला अब ह्याचब्याकमा, यस्तो हुनेछ मूल्य र माइलेज

काठमाडौं । टोयोटाको पुनः डिजाइन गरिएको कोरोला ह्याचब्याक मोडल आउने भएको छ । 

केही युरोपियन बजारमा यसअघिदेखि नै बिक्री वितरण भइरहेको कोरोलाको ह्याचब्याक कार अब विश्वका प्रायः सबै बजारमा पाइने छ । कोरोला कार विश्वमै सबैभन्दा बढी बिक्री भएको कार हो । 

कम्पनीले तीन वटा भेरियन्टमा गाडी सार्वजनिक गर्न लागेको हो । जसको मुल्य २० हजार डलर देखि २५ हजारसम्म पर्ने कम्पनीले जनाएको छ । 

गाडीको सुरुवाती भेरियन्टको मुल्य २० हजार ९ सय १० डलर पर्ने जनाएको छ । सन् २०१९ मा विश्वभर बिक्री गर्ने लक्ष्य राखिएको उक्त मोडल ६ स्पिड मेनुअल ट्रान्समिसन, लिड हेडलाइट, ८ इन्च टचस्क्रिन, एप्पल कार प्ले, अलो ह्विल्स रहेको कम्पनीले शुक्रवार प्रेश वक्तव्य मार्फत जनाकारी दिएको छ । 

माइलेज प्रतिलिटर तेलले शहरी क्षेत्रमा २८ किलोमिटर दिन्छ भने हाइवे मा ३१ किलोमिर दिनेसमेत कम्पनीले दावी गरेको छ । 

गाडीको एसई मोडलको मुल्य भने २२ हजार १० डलर पर्ने कम्पनीले जनाएको छ । गाडीको माइलेज ३२ किलोमिटर शहरमा र हाइवेमा ४२ किलोमिटर दिने दावीसमेत गरेको छ । त्यस्तै कम्पनीले एक्सएसई मोडलसमेत ल्याउने छ । 

उक्त मोडलको मुल्य  २५ हजार १० डलर सम्म पर्ने कम्पनीले जनाएको छ । गाडीको माइलेज ३० किलोमिटर शहरमा र ३८ किलोमिटर हाइवे मा दिने कम्पनीको दावी छ । उक्त मोडलको १८ इन्च मोटो ह्विल, एलइडी हेडलाइट लगायत सवै सुविधा गाडीमा रहेको छ । 

गाडीका सवै मोडलमा सुरक्षा सेन्सर जडान गरिएको छ । अटोमेटिक ब्रेकिङ सिष्टम, फ्युल  डाइनामिक राडार कन्ट्रोलजस्ता सुविधा यस कारमा रहेका छन् ।


Back_to_top