काठमाडौं । भारतीय बजारमा दुईपांग्रे सवारी सेगमेन्टमा सबैभन्दा धेरै बिक्री हुने होन्डाको एक्टिभा स्कुटर हो । होन्डा एक्टिभाले हिरोको स्प्लेन्डरलाई केही समय अघिबाट उछिनेको हो । २०१८ को अप्रिलमा होन्डाको एक्टिभा ३ लाख ३९ हजार ८ सय ७८ वटा बिक्री भएको छ । तर नेपाली बजारमा भने होन्डाको एक्टिभा ज्यादै न्यून संख्यामा बिक्री हुने गरेको छ ।
भारतमा नगन्यमात्रमा बिक्री हुने होन्डाको डियो नेपाली बजारमा भने सबैभन्दा धेरै बिक्री हुने मोडल बनेको थियो अघिल्लो वर्ष । त्यस्तै भारतमा दोस्रो धेरै बिक्री हुने दुईपांग्रेमा हिरोको स्प्लेन्डर पर्छ । भारतमा दोस्रो धेरै बिक्री हुने मोडलमा परेपनि हिरो स्प्लेन्डर नेपालमा भने निक्कै पछाडी परेको छ । भारतमा अप्रिल महिनामा हिरो स्प्लेन्डर भन्दा होन्डा एक्टिभा ७३ हजार ८ सय ११ वटा धेरै बिकेको हो ।
भारतीय बजारमा बजाजको पल्सर सर्वाधिक बिक्री हुने दुईपांग्रे सवारी मोडलको सूचीमा सातौं नंबरमा रहेको छ । तर नेपाली बजारमा भने बजाजको पल्सर दोस्रो नंबरमै रहेको छ । अघिल्लो वर्षको तथ्यांकका आधारमा होन्डा डियो पछि बजाज पल्सर धेरै बिक्री हुने मोडल थियो ।
भारतीय बजारमा कम रुचाइएका मोडल नेपाली बजारमा भने धेरै रुचाइने गरेको छ । होन्डाको साइन भने भारतमा धेरै बिक्री हुने सूचीमा चौथो नम्बरमा रहेको छ । नेपाली बजारमा पनि होन्डा साइन भने धेरै बिक्री हुने मोडल मै पर्छ ।
हिरोको सुपर स्प्लेन्डर नेपाली बजारमा धेरै बिक्री हुने मध्येमा परेपनि भारतमा भने अन्य मोडलहरु हिरो एचएफ डिलक्स, हिरो प्यासन, हिरो ग्ल्यामर धेरै बिक्री हुने मोडलमा परेको छ ।
बजाजको सीटी १०० नेपाली बजारमा उपलब्ध हुन छाडेको छ तर, भारतीय बजारमा भने अप्रिल २०१८ मा १० धेरै बिक्रीहुने दुईपांग्रेको सूचीमा ९औं नंबरमा रहेको छ । त्यस्तै नेपालमा सानो संख्यामा बिक्री हुने टीभीएस जुपिटर भारतमा धेरै बिक्री हुने सूचीको १०औं नंबरमा रहेको छ ।
भारतीय बजारमा बिक्री हुने सबैजसो मोडलका सवारी नेपाली बजारमा आयातकर्ताहरुले ल्याउने गरेका छन् । तर भारतमा लोकप्रिय भएका मोडल नेपालमा पनि लोकप्रिय हुन्छन् भन्ने कुरा उक्त तथ्यांकले अस्वीकार गरेको छ । त्यसैले त उपभोक्ताको चाहना फरक फरक हुन्छन् ।
भारतमा अप्रिलमा धेरै बिक्री भएका १० दुईपांग्रे मोडल
|
क्रश |
मोडल |
बिक्री संख्या |
|
१ |
होन्डा एक्टिभा |
३३९८७८ |
|
२ |
हिरो स्प्लेन्डर |
२६६०६७ |
|
३ |
हिरो एचएफ डिलक्स |
१७२३४० |
|
४ |
होन्डा सीबी साइन |
१०४०४८ |
|
५ |
हिरो प्यासन |
९५८३४ |
|
६ |
हिरो ग्ल्यामर |
६९९०० |
|
७ |
बजाजपल्सर |
६७७१२ |
|
८ |
टिभीएस एक्सएल |
६७७०८ |
|
९ |
बजाज सीटी१०० |
५९९४४ |
|
१० |
टीभीएस जुपिटर |
५६५९९ |

