काठमाडाैं । नेपालकाे लागि टाटा सवारीसाधनकाे आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । सिप्रदी ट्रेडिङले लामिछानेसँग तीन वर्षको लागि सम्झौत गरेको हो ।
उक्त कार्यक्रममा लामिछानेलाई टाटा टियागो कार समेत प्रदान गरिएको छ । कार्यक्रममा सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रष्ठले सन्दिपसँग सम्झौता गर्न पाउनु कम्पनीको लागी खुशिको कुरा भएको बताए । ‘हामिले नेपालि क्रिकेट टिमका आरिफ सेख र राजु धमालालाई पहिला देखिनै सहयोग गर्दै आएका छौ र, आज संदीप सँगको यो सम्झौताले नेपाली क्रिकेट र हाम्रो कम्पनीलाई पनि सहयोग पुग्ने छ’ श्रेष्ठले भने ।
कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका नेपाल प्रमुख अजितनारायण सिंहले लामिछानेलाई गाडीको चाबी हस्तान्तरण गरे ।