कुन मन्त्रीसँग कुन कार (सूचिसहित)

काठमाडौं । सवारीसाधन त्यसमा पनि कार चढ्ने सपना हरेक नागरिकमा हुनु स्वभाविक हो । झनै हरेक समय जनताको घर दैलोमा गएर काम गर्ने राजनीतिज्ञसँग कस्ता कार रहेका छन् भन्ने कौतुहलता हुनु स्वभाविक हो ।   

त्यसैले नयाँ सरकार निर्माण भएपछि सरकारमा सहभागि मन्त्रीहरुले बुझाएको सम्पत्ति विवरणबाट हामीले को सँग कस्तो कार रहेको छ भन्ने रिपोर्ट तयार गरेका छौ । 

यस्तो छ विवरण  

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनैपनि निजी सवारी साधन छैन । भने रक्षा मन्त्री ईश्वर पोखरेलसँग पनि निजी सवारी साधन छैन । 

गृहमन्त्री रामबहादुर थापासँग भने सेभ्रोलेको सानो कार रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् । उनले उक्त कार पार्टीले दिएको उल्लेख गरेका छन् । 

परराष्ट मन्त्री प्रदिपकुमार ज्ञवालीसँग पनि आफ्नो निजी सवारी साधन छैन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले बुझाएको सम्पति विवरणमा उनिसँग पाटीले दिएको एक हलुका सवारी साधन भएको उल्लेख गरेका छन् ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  गिरीराजमणि पोखरेलसँग कुनैपनि किसिमको सवारी साधन छैन भने उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले प्रमिला यादबको नामा एउटा कार रहेको उल्लेख गरेका छन् । 

ब्यवसायबाट राजनीतिमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग नै निजी सवारी साधन छैन । उनले आफ्नो सम्पत्ति विवरणमा कुनैपनि किसिमको सवारी साधन नभएको उल्लेख गरेका छन् । श्रम, रोजगार तथा समजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग कुनै किसिमको सवारीसाधन नभएको उल्लेख छ भने, बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाटीले दिएको स्कोरपियो रहेको विवरण बुझाएका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डितसँग एउटा पुरानो साइकल रहेको विवरणमा उल्लेख छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापासँग कुनै किसिमको सवारीसाधन छैन, भने अर्थमन्त्री युवराज खतिवडासँग करिब ३६ लाख रुपैयाँको एउटा कार रहेको विवरणमा उल्लेख छ । 

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मासँग कुनै किसिमको साधन छैन भने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीसँग आफ्नै कमाइले किनेको २० लाख रुपैयाँको सानो कार भएको उल्लेख छ । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रेशबहादुर तामाङसँग एउटा कार र एउटा मोटरसाइकल रहेको उल्लेख छ । उनले कारको ब्राण्ड भने खुलाएका छैनन् । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालसँग एक स्कुटर रहेको उल्लेख छ भने  खानेपानी मन्त्री बीणा मगरसँग कुनै किसिमको सवारीसाधन छैन ।

राज्यमन्त्रीमा स्वास्थ्य तथ जनसख्या मन्त्री पद्माकुमारी अर्यालको मात्रै सम्पति विवरण सार्वजनिक भएको छ । उनिसँग कृषि प्रयोजनलाई ३ वटा ट्याक्टर र एक मोटरसाईकल भएको उल्लेख छ ।


Back_to_top