काठमाडौं। शोधनान्तर घाटा ५७ अर्ब रुपैयाँमाथि पुगेपछि बीमा समितिले आयात कम गर्नका लागि आफू मातहतका कम्पनीहरुलाई गाडी खरीद गर्न रोक लगाएकाे छ।
समिति अाफुले पनि गाडी नकिन्ने जनाएको छ । कम्पनीहरुलाई पनि अहिले अनुमती नलिइ गाडी नकिन्न भनेका छौ । आवश्यकता हेरेर खरिद गर्न नगर्न समितिले स्वीकृती दिनेसमेत जनाएको छ । अहिले जसरी हुन्छ खर्च जोगाउने हो । त्यसका लागि निर्देशन दिएका हौं बीमा समिति स्राेतले भन्याे ।
अहिले देशभित्रै पैसा चाहिएको अबस्थामा आयात उच्च दरले बढिरहेको बेला हामीले के कस्तो सहयोग गर्न सकिन्छ भनेर पहल थालेको समितिले जनाएको छ ।


