काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले एकपछि अर्को इलेक्ट्रीक भेहिकल सार्वजनिक गरिरेहेको छ । क्रसओभर डिजाइनमा हुन्डाईले आयोनिक ५ यही वर्ष अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु गरेको थियो भने चाँडै नेपाल पनि आउँदैछ ।
आयोनिक ५ को सुरुवाती सफलतासँगै कम्पनीले अर्को नयाँ मोडल आयोनिक ७ को तस्विरहरु सार्वजनिक गरेर इलेक्ट्रीक सवारी साधन चाहनेलाई खुसी बनाएको छ । हुन्डाई मोटर ग्रुपको एड्भान्स इ-जीएमपी प्लाटफर्ममा आधारीत रहेर बन्ने आयोनिक ७ हुन्डाईको सबैभन्दा ठूलो साइजको एसयूभी हुनेछ ।

कम्पनीले सार्वजनिक गरेको तस्विरमा नयाँ आयोनिक ७ मा प्यारामेट्रीक पिक्सेल एलइडी हेडलाइट प्रयोग भएको देखिन्छ । यो एसयूभीमा ठूलो साइजको बम्पर तथा साइडमा एलइडी लाइट रहने छ ।
हुन्डाईले सार्वजनिक गरेको इन्टेरियर अनुसार यो कारमा अगाडिको सिट लाउन्ज स्टाइलको र पछाडिको सिट आलिसान सोफा स्टाइलको छ । सबै सिटहरुमा हुन्डाईले सफ्ट मेटेरियलको प्रयोग गरेर लोभलाग्दो बनाएको छ । कम्पनीका अनुसार आयोनिक ७ मा प्रिमियम तथा पर्सनलाइज लाउन्जको एम्वियन्स पाउन सकिन्छ ।
यो नयाँ एसयूभीमा प्रयोग हुने मोटर तथा व्याट्रीको साइजको बारेमा कम्पनीले कुनै आधिकारीक जानकारी दिएको छैन ।

