आउने भयो यामाहा आर९ !

जापनी मोटरसाइकल निर्माता कम्पनी यामाहाले भारतमा आर९ को पेटेन्ट दर्ता गराएको छ । कम्पनीले वाइजेडएफ आर ९ को ट्रेडमार्क दर्ता गराएको हो ।

यामाहाले भारत लगायत अन्य देशहरुमा समेत यामाहा आर९ को पेटेन्ट दर्ता गराएको छ । कम्पनीले भविष्यमा एमटी ०९ मा आधिरत नयाँ मोटरसाइकल भएको हो ।

यामाहा एमटी ०९ मा ८८९ सीसी सिगंल सिलिन्डर लिक्विड कुल्ड इनलाइन ३ इन्जिन रहेको छ । यसले ११९ पीएसपावर तथा ९३ एनएम टर्क जेनेरेट गर्छ ।

यामाहा आर ९ सुपरस्पोर्ट मोटरसाइकल हुने अनुमान गर्न सकिन्छ । यामाहा आर९ आर७ को डिजाइनबाट प्रभावित हुने अनुमान गरिएको छ । आर ९ मा एलइडी लाइट्स, ट्रयाक्सन कन्ट्रोल, स्लाइड कन्ट्रोल, राइडिङ मोड, प्रिमियम यूएसडी फर्क जस्ता फिचर हुने अनुमान गर्न सकिन्छ । यसमा एमटी ०९ कै फ्रेम प्रयोग हुने अनुमान गरिएको छ ।

यामाहा आर९ कम्पनीले इक्मा अटोशो २०२१ मा प्रदर्शन गर्न सक्नेछ भने यसको उत्पादन २०२२ को अन्त्यसम्ममा सुरु हुने अनुमान गरिएको छ । यदि आर ९ भारतीय बजारमा सार्वजनिक हुने हो भने यसले कावासाकी जेडएक्स १० आरसंग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top