काठमाडौं । इलाटीका मोटोको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी क्लासिक ह्वील इम्पोर्ट तथा एक्सर्पोटले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले इटालीका मोटोको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार इटालीका मोटोका मोटरसाइकल तथा स्कुटरको मूल्य १५ हजारदेखि ७० हजार रुपैयाँसम्म वृद्धि भएको छ ।
कम्पनीले नेपाली बजारमा हाल १ स्कुटर तथा २ मोटरसाइकल विक्री गर्दै आएको छ । क्लासिक ह्वीलले इटालीका मोटो फमूर्ला १५० मा १५ हजार रुपैयाँ मूल्य वृद्धि गरेको छ । यस अघि ३ लाख २० हजार रुपैयाँ विक्री गर्दै आएको यो स्कुटरको नयाँ मूल्य ३ लाख ३५ हजार रुपैयाँ निर्धारण गरेको छ ।
त्यस्तै, मोटरसाइकलतर्फ ६० हजार र ७० हजार रुपैयाँ वृद्धि गरेको छ । कम्पनीले विक्री गर्ने इटालीका मोटो स्टलायन २५० मा ६० हजार र इटालीका मोटो नेभाडा २५० मा ७० हजार मूल्य वृद्धि भएको छ । यी दुई मोटरसाइकलको नयाँ मूल्य क्रमशः ६ लाख ४५ हजार र ६ लाख ६५ हजार निर्धारण गरिएको छ ।

क्लासिक ह्वीलले नेपाली बजारमा इटालीका मोटोका साथै क्रसफायरका मोटरसाइकल विक्री वितरण गर्दै आएको छ । कम्पनीले क्रसफायरको तीन मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ । डर्ट मोटरसाइकलका पारखीहरूको पहिलो रोजाइमा क्रसफायरका मोटरसाइकल पर्दै आएको छ ।

