२०० सीसीको एड्भेन्चर मोटरसाइकल, यस्तो छ नयाँ वर्ष अफर

काठमाडौं । ताइवानी उत्पादन एसवाईएमको एड्भेन्चर मोटरसाइकल नेपालमा विक्री भइरहेको छ । । के जी इन्टरकन्टिनेन्टल प्रालिले एसवाईएमको एड्भेन्चर मोटरसाइकल विक्री गर्दै आएको हो ।
पछिल्लो समय नेपालमा एड्भेन्चर सेग्मेन्टका मोटरसाइकलको माग बढ्दै गएको पाइन्छ ।

केजी इन्टरकन्टिनेन्टलले केही समय अगाडि एसवाईएम एनएचटी२०० बाइक नेपाली बजारमा भित्र्याएको हो ।

यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् ।

यसमा रहेको इन्जिनले १८.३५ पीएस पावर र १५.७ एमएम टर्क प्रदान गर्नेछ । ६ स्पीड गियरबक्स, डवल च्यानल एबिएस, अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर यो मोटरसाइकलको मुख्य विशेषता हो ।

यो मोटरसाइकलको मूल्य ६ लाख २५ हजार रुपैयाँ हुने निर्धारण गरेर विक्री गर्दै आएको छ ।

कम्पनीले नयाँ वर्ष अफर स्कीम समेत सार्वजनिक गरेको छ । यो स्कीम अन्तर्गत ग्राहकले १० हजार नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै ग्राहकले आफुसँग भएको कुनै पनि ब्राण्डको पुरानो मोटरसायकल तथा स्कुटरसँग एसवाइएम २०० टीसँग एक्सचेन्ज समेत गर्न सक्नेछन् । एक्सचेन्ज गर्दा कम्पनीले बजार मूल्यमा २० हजार थप मूल्याङ्कन दिने कम्पनीले जनाएको छ ।


Back_to_top