काठमाडौं । जावाले आफ्नो स्टाइलिस क्लासिक मोटरसाइकल ‘जावा फोर्टी टु’ को २०२१ मोडल बजारमा ल्याएको छ । भारतमा सार्वजनिक भएको जावा फोर्टी टु चाँडै नेपाल पनि आउने छ ।
जावाको २०२१ मोडलको नाम कम्पनीले २.१ राखेको छ । कम्पनीले नयाँ जावा मोटरसाइकलमा पहिलेको तुलनामा एग्जस्ट उत्कृष्ट बनाएको दाबी गरेको छ । साथै, पहिलेको तुलनामा थप आकर्षक देखिएको छ । कम्पनीले नयाँ मोटरसाइकलको सिट ठूलो दिएको छ भने इन्जिनमा समेत ट्यूनिङ गरेको जनाएको छ ।
नयाँ मोटरसाइकलमा पनि पहिले जस्तै २९३ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २७.३ पीएस पावर र २७.०२ एनएम टर्क प्रदान गर्नेछ । जावाले पहिलो पटक ‘क्रस पार्ट टेक्नोलोजी’को प्रयोग गरेको छ । नयाँ टेक्नोलोजीले मोटरसाइकलको थ्रोटल रेस्पोन्स पहिलेभन्दा उत्कृष्ट बनाएको छ ।
कम्पनीले नयाँ थप तीन कलर अप्सन, अलोय ह्वील, ट्यूवलेस टायर, ट्रिप मिटर, हेडल्याम्प ग्रिल जस्ता नयाँ फिचर समावेस गरेको छ ।


