काठमाडौं । अमेरिकाको डालस सहरको फोर्ट ओर्थमा बिहीबार भएको हिमपातका कारण बाटोमा गाडीहरु चिप्लीएर ठूलो दुर्घटना भएको छ । उक्त दुर्घटनामा १३३ वटा गाडीहरु चिप्लीएर एकआपसमा चाङ लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
यसरी भएको दुर्घटनामा अहिसम्मको ९ जना व्यक्तिहरुले आफ्नो ज्यान गुमाएको बताइएको छ भने, ६५ जनाभन्दा बढी घाइते भएका छन् ।
बिहीबार विहान स्थानीय समय अनुसार ६ बजे उक्त दुर्घटना भएको हो । केहि दिनदेखि उक्त क्षेत्रमा हिमपात भइरहेको थियो । हिमपातको कारण बाटोमा बाक्लो हिउ जमेका कारण उक्त मात्राका गाडीहरु चिप्लिएको जनाइएको छ । एकै ठाँउमा भएको उक्त ठूलो दुर्घटना बाहेक अघिल्लो रातदेखि नै उक्त हाइवेमा साना ठूलो गरि ३०० भन्दा बढि दुर्घटना भएको उल्लेख छ ।


