काठमाडौं । क्लासिक लेजेन्डको जावाका नयाँ मोटरसाइकलको बुकिङ खुल्ला भएको छ । जावाको आधिकारिक विक्रेता अग्नि मोटोइंकले जावा पेरकको बुकिङ खुल्ला गरेको हो ।
कम्पनीका अुनसार जावा पेरक मार्च अन्तिम साता नेपालमा सार्वजनिक हुनेछ । जावा पेरक खरिद गर्न चाहाने ग्राहकले जावाको सोरुममा उपस्थित भएर पेरक बुकिङ गर्न सक्नेछन् ।
जावा पेरक कम्पनीको उत्पादन लाइनअपमा नै सबैभन्दा महंगो मोटरसाइकल हो ।
‘जावाका उत्पादन धेरै ग्राहकले मनपराएका छन् । पेरक कहिले आउँछ भनेर सोधपुछ गर्ने पनि धेरै छन् । हामी मार्चको दोस्रो सातासम्ममा यसको विक्री सुरु गर्ने तयारीमा छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
पेरकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ, जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ ।
सुरक्षाको लागि ड्यूल च्यानल एबीएस रहने पेरकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार दिइएको छ । कम्पनीले यसमा सेमी डिजिटल कन्सोल दिएको छ ।
डबल क्याड्रल ट्यूवलर फ्रेममा तयार भएको जावा पेरकको अगाडि टेलिस्कोपिक हाइड्रोलिक फर्क र पछाडि ७ स्टेप एड्जस्ट गर्न किल्ने मोनो सक एब्जर्बर दिइएको छ । नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजारदेखि ८ लाख रुपैयाँको बीचमा कायम हुने अनुमान गर्न सकिन्छ । मूल्यका बारेमा कम्पनीले आधिकारिक जानकारि भने दिएको छैन ।


