जीप कम्पास ‘नाइट इगल’ एडिसन आउँदै

काठमाडौं । जीप कम्पासको ‘नाइट इगल’ एडिसन बजारमा आउने भएको छ । जीप इन्डियाले अबको केही दिनमा नै यसलाई भारतीय बजारमा उतार्ने छ ।

यो एडिसन कालो कलरमा मात्रै आउने छ । यो भेरियन्टमा सबै स्थानमा ग्लस व्ल्याक कलर प्रयोग गरिएको छ । जसले नाइटलाई झल्काउने छ ।

यसमा दिइएको १८ इन्चको अलोय ह्वीललाई समेत ग्लस व्ल्याक कलर दिइएको छ । यसको ड्यास बोर्ड समेत कालै कलरमा उपलब्ध रहने छ । सिट, एसी भेन्ट र इन्फोटेन्टमेन्ट सिस्टमपनि ग्लस व्ल्याक कलरमा दिइएको छ ।

यसमा ८.४ इन्चको युकनेक्ट टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध रहने छ । यसले एप्पल कार प्ले, एन्ड्रोइट अटो सपोर्ट गर्छ । साथै, पुस बटम स्टार्ट, डियुल जोन क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प, एयरव्याग, एबीस, इबीडी, ब्रेक एसिस्ट, इएसपी, हिल स्टार्ट एसिस्ट जस्ता फिचर उपलब्ध रहने छन् ।

यसमा जीप कम्पासकै पुरानो इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा रहेको १.४ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम १६२ बीएच पावर र २५० एनएम टर्क प्रदान गर्छ भने २.० टर्बो डिजेल इन्जिनले १७३ बीएच पावर र ३५० एनएम टर्क प्रदान गर्छ ।

भारतीय बजारमा सार्वजनिक भएको केही समयपछि कम्पास नाइट इगल एडिसन नेपाली बजारमा पनि आउन सक्ने छ । जीपको आधिकारीक वितरकको रुपमा नेपालमा एमएडब्ल्यू लाइफ रहेको छ ।


Back_to_top