सुरक्षीत र आरामदायी यात्रा चाहनेलाई अति आवश्यक फिचर

काठमाडौं । यात्राको लागि आरमदायी गाडी किन्ने सोच्दै हुनुहुन्छ भने यस्ता गाडीमा भएका फिचरहरु मुख्य आधार हुन्छ ।

यदि तपाईले पनि कुनै राम्रो र आकर्षक फिचरसहितको गाडी किन्ने सोच बनाउनु भएको छ भने गाडीमा भएका यी ११ फिचरमा ध्यान दिनु होला ।

गाडीमा रहने यी ११ फिचरले तपाईको यात्रा आरमदायी र अस्मरणिय हुन सक्ने छ । त्यसैले गाडी किन्नुअघि यी ११ फिचरमा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

इन्फोटेन्टमेन्ट सिस्टमः आजकाल बजारमा आउने राम्रा गाडीमा रहने इन्फोटेन्टमेन्ट सिस्टम निकै महत्वपूर्ण हुन्छ । त्यसैले ठूलो साइजको साथ एन्ड्रोइट अटो र एप्पल कार प्ले सपोर्ट गर्ने इन्फोटेन्टमेन्ट सिस्टम हुनु आवश्यक हुन्छ ।

स्टेरिङ माउन्ट अडियो सिस्टमः चालकले स्टेरिङबाटै फोनकल, म्यूजिक सिस्टम, अडियो जस्ता फिचरहरु चलाउन मिल्ने स्टेरिङ माउन्ट अडियो सिस्टम निकै महत्वपूर्ण फिचर भइसकेको छ । यसको प्रयोगले चालकलाई धेरै कुरा स्टेरिङबाटै कन्ट्रोल गर्न सघाउ पुग्छ ।

एड्जस्टेवल स्टेरिङः चालकको हाइट अनुसारको स्टेरिङ एड्जस्ट गर्न मिल्ने फिचर भएका कार अहिले नेपालमा ३५ लाख रुपैयाँ हाराहारीबाट किन्न पाइन्छ । यस्ता फिचरले चालकलाई निकै सहता प्रदान गर्ने छ ।

मल्टी क्लाइमेट कन्ट्रोलः चालक र प्यासेन्जरको लागि कहीलेकहि फरक ताक्रम मन पर्ने हुन्छ । यस्तोमा गाडी छनोट गर्दा मल्टी क्लाइमेट कन्ट्रोल सुविधा उपलब्ध गाडी उपयुक्त हुन्छ ।

एड्जस्टेवल सिटः आधुनिक गाडीमा ८ वे एड्जस्ट गर्न मिल्ने सिटहरुको प्रयोग गरिएको हुन्छ । यसले आफ्नो पोजिसन अनुसार सिट मिलाउन सहयोग पुग्छ ।

३६० डिग्री क्यामेराः अहिले ३६० डिग्री क्यामेरा प्रयोग बढ्दो छ । करिब ५५ लाख रुपैयाँदेखिका गाडीमा यो फिचर उपलब्ध हुँदै आएको छ । यसले आफ्नो सबै दिसामा गुडिरहेको गाडीको अवस्था चालकलाई जानकारी दिने हुँदा यो फिचर निकै उपयोगि रहेको छ ।

रियर डिफगर र वाइपरः पछाडि डिफगर र वाइपर रहेको गाडी किन्दा सुरक्षाको हिसावले उत्कृष्ट हुने गर्छ । प्रायः जसो पछाडिको सिसामा वाफ जमेर चालकलाई गाडी चलाउन निकै कठिन हुने गर्छ । तर, यदि डिफगर र वाइपर भएमा यस्तो समस्या पर्दैन ।

रियर पार्किङ क्यामेराः अहिले प्रायः जसो गाडीमा यो फिचर उपलब्ध रहने गरेको छ । कतिले त पछि पनि यो फिचर थप गरेर चलाई रहेका छन् । यसले गाडी पर्क गर्न र ब्याकगर्न सहजता प्रदान गर्ने छ ।

अटो डिमिङ आइआरभीएमः रातको समयमा पछाडिबाट आएको गाडीले चालकलाई गाडी चलाउन असहज अवस्था ल्याउन सक्छ । यस्तोमा अटो डिमिङ आइआरभीएम भएका गाडी चलाउन सहज हुन्छ ।

किलेस इन्ट्रीः किलेस इन्ट्री आजकल धेरै गाडीमा उपलब्ध फिचर हो । तपाईले पनि गाडी किन्दा यो कमन फिचर छ वा छैन भन्ने ध्यान पुर्याएर किन्दा बेस हुन्छ ।

रियर एसिभेन्टः गर्मीमा गाडीको प्रयोग गर्दा एसी धेरै महत्वपूर्ण मानिन्छ । साथै पछाडि सिटमा बसेर यात्रा गर्ने मानिसको लागि एसी भेन्ट भएन भने यात्रा खल्लो हुन सक्छ । त्यसले पछाडि एसी भेन्ट छ वा छैन भन्ने एकिन गर्नु पर्छ । आजकल पछाडि एसी भेन्ट अनिर्वाय प्रायः भएको छ ।


Back_to_top