हुन्डाईको इलेक्ट्रीक एसयूभी कोनाको बिक्री १ लाख यूनिट पुरा

काठमाडौं । कोरियन अटो जाइन्ट कम्पनी हुन्डाईको इलेक्ट्रीक कसओभर एसयूभी कोनाको ग्लोवल मार्केटमा बिक्री १ लाख यूनिट पुरा भएको हो । कम्पनीले दुई वर्ष अगाडि सन् २०१८ को मार्चबाट कोना इलेक्ट्रीकलाई अन्तर्राष्ट्रिय बजारमा उतारेको थियो ।

कम्पनीले ३० जुन २०२० मा एक लाख यूनिट बिक्री पुरागरेको जनाएको छ । यो क्रसओभर एसयूभी नेपाली बजारमा पनि २०१८ को अन्तिम तिर सार्वजनिक भएको थियो ।

दुई व्याट्री र मोटर अप्सनमा उपलब्ध कोनामा ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध रहेको थियो । सानो प्याट्रीमा १०० किलोवाटको मोटर रहेको छ भने ठूलोमा १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान गरिएको छ ।

विश्व बजारमा प्रबेशसँग धेरै अवार्ड हात पार्न सफल कोना विश्वमा नै निकै राम्रो व्यवसायीक सफलता हात पर्न सफल मोडल भएको छ ।

साथै, हुन्डाईको इलेक्ट्रीक क्रसओभर एसयूभी कोनाले गिनिज वर्ल्ड रेकर्ड समेत बनाएको छ । कोना इलेक्ट्रीकले टिबेटको साउला पाससम्म पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

साउला पास ५,७३१ मिटरको उचाईमा रहेको छ । यसअघि इलेक्ट्रीक कारले ५,७१५.२८ मिटर उचाईमा पुगेर रकर्ड बनाएको थियो । उक्त रेकर्डलाई कोनाले तोडेको हो ।


Back_to_top