काठमाडौं । ‘ग्लाडियटर’ यानि ल्याटिन भाषामा ‘तरबार बोक्ने मानिस’ जसले रोमन कालमा अरु योद्धा, वन्यजन्तु र अपराधीसँग भिडन्त गरेर दर्शकलाई मनोरञ्जन दिन्थे । रंगशालाभित्र जस्तोसुकै चुनौतीको सामना गर्न तयार यी ग्लाडियटर बहादुरीको प्रतिक हुन् । जसको चर्चा हलिउड चलचित्रमा पनि भएको पाइन्छ । यसैको सम्मानमा जीप ब्रान्डले आफ्नो पीकअपको नाम पनि ‘ग्लाडियटर’ राखेको थियो ।
तीन वर्षअघि जीपले अन्तर्राष्ट्रिय बजारमा ग्लाडियटर रि-लन्च गरेपछि अटोमोबाइल उद्योगमा उछाल नै आएको थियो । जीप पारखीहरु आफ्नो मनपर्ने ब्रान्डलाई पीकअप भर्सनमा देख्न पाउँदा खुसी थिए भने, पीकअप ट्रकका फ्यानहरु जीपले आफ्नो लाइनअपमा नयाँ पीकअप थप्दा उत्साहित थिए । तीन वर्ष बितिसकेको छ र यसबीच ग्लाडियटरले ठूलो सफलता पाइसकेको छ । नेपालमा पनि भर्खरै जीपको आधिकारिक विक्रेता एमएडब्लू लाइफले ग्लाडियटरलाई आफ्नो लाइनअपमा थपिसकेको छ ।
जीपले पहिलो ग्लाडियटर सन् १९८७ मा सार्वजनिक गरेको थियो, जुन अटोमेटिक ट्रान्समिसन भएको पहिलो फोर ह्वील ड्राइभ फुलसाइज पीकअप ट्रक थियो । जीप ग्लाडियटरलाई मन पराउन तपाईं अफरोड प्रेमी नै हुनुपर्छ भन्ने छैन । र, पीकअपको फ्यान हुनै पर्छ भन्ने पनि छैन । तर, जीप ग्लाडियटर सबैका लागि होइन । जीप ग्लाडियटर मिड साइट पीकअप हो, जसको प्रतिस्पर्धा केही प्रिमियम पीकअपसँग हुन्छ । तर, यो पीकअप अन्यभन्दा पृथक छ र यसका पछाडि धेरै कारणहरु छन् ।

र्याङलर र पीकअप ट्रकको सम्मीश्रण
ग्लाडियटर र्याङलर र पीकअप ट्रकको समिश्रण हो । ट्रक बेडमा जीपको स्टाइलिङ दिइएको छ । नेपालमा आएको ग्लाडियटर ओभरल्यान्ड कन्भर्टिवल छ, जसमा हार्डटप र सफ्टटप दुवै लगाउन सकिन्छ । ग्लाडियटरमा पाँच जना मज्जाले बस्न सकिन्छ ।
एमएडब्लू लाइफले ल्याएको ग्लाडियटरमा ३.६ लिटरको पेन्टास्टार भी-६ पेट्रोल इन्जिन छ, जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पन्न गर्छ । यसको ‘अफरोड क्यापाबिलिटी’ जीपको ‘सेलेक-ट्रयाक एक्टिभ अन-डिमान्ड ४ बाई ४ सिस्टम’ले दिन्छ ।
यो सिस्टमले २.७२ः१ ‘लो रेन्ज गियर रेसियो’ र ३.७३ ‘रियर एक्सल रेसियो’सहितको ‘डाना ४४ एक्सल गरी टु-स्पिड ट्रान्सफर केस अफर’ गर्छ । भी-६ इन्जिनलाई ‘लो-एन्ड टर्क’का लागि ‘अप्टिमाइज’ गरिएको छ, जुन ‘अफरोडीङ’का लागि आवश्यक छ । ग्लाडियटरको ‘टोविङ’ क्षमता २७२१ केजी रहेको छ ।
जीपको लेजेन्डरी क्यापाबिलिटी
ग्लाडियटरको ड्राइभिङ सिटमा बस्नुभयो भने तपाईंले हाईक्वालिटी मटेरियर र आकर्षक डिजाइन देख्नु हुनेछ । जीप भएकाले यसको अफरोड क्षमता अद्वितीय छ । यसको सस्पेन्सनले गर्दा ग्लाडियटर हाँक्दा लक्जरी सेडानको जस्तो आरामदायी यात्रा पाउन सकिन्छ ।
ग्लाडियटरमा लामो ह्वीलबेसको ‘अनरोड ड्राइभिङ डाइनामिक्स’ का लागि र नयाँ ‘लोड ट्रे’लाई सपोर्ट गर्न ‘कम्प्रेहेन्सिभ फाइभ-लिंक सस्पेन्सन’ सिस्टम राखिएको छ । ‘ट्रे’को ‘पेलोड’ क्षमता ६२० केजी छ र ‘अन्डर रेल बेड लाइटिङ’ र ‘इन्टिग्रेटेड टाई डाउन’ राखिएको छ जुन साइकल, डर्ट बाइक, सर्फबोर्ड र एटीभी जस्ता ‘एड्भेन्चर इक्विपमेन्ट’ राख्न सहज बनाउँछ ।

यो पीकअप बेडसहितको र्याङलर जस्तो देखिए पनि अरु भिन्नताहरु छन् । जस्तो कि यसको ह्वीलबेस लामो छ । टोविङ क्षमतालाई राम्रो बनाउन संरचनालाई बलियो बनाइएको छ । यसको आइकनिक सेभेन बार ग्रिल पनि र्याङलरको भन्दा चौडा छ, जसले पहाडी क्षेत्रको यात्रामा इन्जिनलाई चिसो राख्न मद्दत गर्छ ।
र्याङलर कि ग्लाडियटर ?
अगाडिबाट ग्लाडियटर जीप र्याङलर जस्तै देखिन्छ । त्यसैले, दुईमध्ये एउटा छान्न गाह्रो हुनसक्छ । तर, ग्लाडियटर दुवै विश्वका लागि उत्तम छ । तर तपाईंलाई क्यापाबल पिकअप नै चाहिएको हो भने ग्लाडियटर बेस्ट अप्सन हो किनभने फुल्ली अन्भर्टिबल लाइफस्टाइल पीकअप ग्लाडियटर मात्रै हो । यसको रुफ र डोर सजिलैसँग हटाउन सकिन्छ र विन्डशिल्डलाई फोल्ड डाउन गर्न सकिन्छ, ताकी तपाईं ओपन एयर एड्भेन्चर अनुभव गर्दै यात्रा गर्न सक्नु हुनेछ ।
अझ एक्साइटमेन्ट थप्नलाई तपाईं आफ्नो ग्लाडियटरलाई कस्टमाइज गर्न सकिनेछ । जीप एशोसरिजहरुका लागि संसारमै परिचित छ । दर्जनौं एफ्टरमार्केट कम्पनीहरुले जीपका लागि एशोसरिज उत्पादन गर्छ । ग्राहकको व्यक्तित्व र रुचीअनुसारको कस्टमाइजेसन नेपालमै पनि गर्न सकिन्छ ।
ग्लाडियटर तपाईंका लागि उचित छ कि छैन भन्ने प्रश्नको जवाफ तपाईंले मात्र दिनसक्नु हुनेछ । तर, यदि तपाईं डिसेन्ट टोविङ क्यापासिटी, राम्रो क्लेरेन्स र अफरोड क्षमता भएको युनिक पीकअपको खोजीमा हुनुहुन्छ भने, ग्लाडियटर तपाईंको सर्टलिस्टमा पक्कै पर्नेछ ।


