भेष्पा स्कुटर अब इलेक्ट्रीक भर्सनमा

काठमाडौं । पियाजियोको साहायक कम्पनी भेष्पाले इलेक्ट्रीक स्कुटर भारतीय बजारमा ल्याउने भएको छ । कम्पनीले इलेक्ट्रीक भेष्पा भारतको नोयोडामा भएको २०२० अटो एक्स्पोमा प्रदर्शनी गरेको थियो ।

भारतीय बजारमा मूलधारका मोटरसाइकल तथा स्कुटर निर्माता बजाज टीभीएस हिरो सुजुकी होन्डा जस्ता ब्राण्डले इलेक्ट्रीक सेग्मेन्टमा प्रवेश गरिसकेको अवस्थामा भेष्पाले पनि इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो ।

हालैमात्र सार्वजनिक भएको एक रिपोर्टका अनुसार कम्पनीले भारतीय बजारलाई मध्येनजर गर्दै इलेक्ट्रीक स्कुटर उत्पादनमा लाग्ने बताइएको छ । पियजियोले हाल भारतीय बजारमा तीनपाँग्रे सवारीसाधनको उत्पादन गर्दै आएको छ । यसको सहायक कम्पनी भेष्पा तथा अप्रिलिया दुईपाँग्रे बजारमा राम्रो अवस्थामा रहेको छ ।

कम्पनीले निकट भविष्यमा नै अप्रिलिया तथा भेष्पा ब्राण्ड अन्तर्गत इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने रिपोर्टमा उल्लेख छ । कम्पनीले २०२३ को अन्त्यसम्ममा भारतीय बजारमा भेष्पा तथा अप्रिलियका इलेक्ट्रीक स्कुटर बजारमा उतार्ने लक्ष्य लिएको छ ।

अटो एक्स्पो २०२० मा शोकेस भएको भेष्पा इलेक्ट्रीक स्कुटरमा ४ किलोवाटको मोटर दिइएको छ भने ४८ भोल्ट र ४।२ किलोवाट आउटपुट क्षमताको बयाट्री दिइएको छ ।


Back_to_top