नेपाल आउँदै ‘सेभेन-सिटर’ जीप मेरिडियन

काठमाडौं । जीपले भारतमा उत्पादन गरेको नयाँ ७ सिट क्षमताको एसयूभी मेरियिन नेपाल आउने भएको छ । जीपको आधिकारीक वितरक एमएडब्लू लाइफले यसलाई चाँडै बजारमा ल्याउने तयारी गरेको हो ।

विशेषत प्रिमियम एसयूभीको रुपमा आउने जीप मेरिडियनको सीधा प्रतिस्पर्धा टोयोटा फच्र्युनरसँग हुनेछ । सरकारले अहिले गाडी आयात रोकेको छ, कम्पनीले एलसी खुल्ला भएसँगै जीप मेरिडियन नेपालमा सार्वजनिक गरिने एमएडब्लू लाइफले जनाएको छ ।

जीप ब्रान्ड आफ्नो बिल्ड क्वालिटीका लागि परिचित छ । जीपले भारतमा उत्पादन गरेको गाडी अस्ट्रेलिया, जापान र बेलायतजस्ता देशमा पनि निर्यात गर्दै आएको छ । जीपले विश्वका सबै बजारमा ‘वान कार’को नीति अपनाएको छ, जुन प्रशंसनीय छ । त्यसैले, जीपले सबै गाडीको गुणस्तर समान राख्छ ।

जीपले सम्झौता नगर्ने अर्को कुरा सुरक्षा हो । जीप मेरिडियनका सबै भेरियन्टमा उस्तै सेफ्टी फिचरहरु छन् । केही उल्लेखनीय फिचरमा ६ एअरब्याग, इलेक्ट्रोनीक्स पार्किङ ब्रेक, इलेक्ट्रोनीक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मनिटरिंग सिस्टम (टीपीएमएस) आदि हुन् ।

प्रिमियम इन्टेरियर

भारतमा जीप उपलब्ध गराएको प्राइस रेन्जमा प्रिमियम फिनिसको अपेक्षा गर्न सकिन्छ । मेरिडियनमा ‘लेदर अपहोल्स्ट्रीय’, ‘सफ्ट टच मटेरियर’ र ‘लेदर ड्यासबोर्ड’ पाइनेछ । यसको ‘ब्ल्याक’ र ‘ब्राउन कम्बिनेसन’ले ‘स्पेशियल फिल’को अनुभुति दिनेछ ।

९ स्पिड अटोमेटिक इन्जिन

जीप मेरिडियनमा २.० लिटरको डिजेल इन्जिन लागेको हुन्छ जससले १६७ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । मेरिडियन ६ स्पिड म्यानुअल र ९ स्पीड अटोमेटिक गरी दुई वटा ट्रान्समिसन अप्सनमा हुनेछ ।

फिचर

अधिकांश खरिदकर्ताले फिचर हेरेर कुनै गाडी खरिद गर्ने वा नगर्ने निर्णय गर्छन् । मेरिडियनले यो हिसाबमा निराश पार्ने छैन । यसका उल्लेखनीय फिचर के हुन् त ? ‘भेन्टिलेटेड फ्रन्ट सिट’, ‘इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस फोन कनेक्टिभिटी’ सहितको १०.१ इन्च ‘इन्फोटेन्मेन्ट सिस्टम’, ‘वायरलेस चार्जिङ्ग’, ‘३६० डिग्री क्यामेरा’, ‘इलेक्ट्रीक टेल गेट’, १०.२५ इन्चको ‘डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर’ र ‘ट्रिपल जोन क्लाइमेट कन्ट्रोल’ यसका विशेषता हुन् ।

‘फोर बाई फोर क्यापाबिलिटी’

जीप ब्रान्ड सधैं यसको ‘अफरोड क्यापाबिलिटी’का लागि परिचित छ । उसले ग्राण्ड चेरोकी र रेंग्लर जस्ता एसयूभी बनाएर ‘लक्जरी अफरोड’ मा पारंगत हासिल गरिसकेको छ । मेरिडियनले ‘फोर बाई फोर सिस्टम’ अपनाएर त्यहिँ पदचाप पछ्याएको छ । यसमा ‘स्नो’ र ‘मड’ जस्ता ‘ड्राइभ मोड’ छन् । साथै यसमा ‘फोर ह्वील लो’ र ‘फोर ह्वील लक’ जस्ता अफरोड फिचर पनि छन्, जसले जस्तोसुकै भुगोलमा पनि अगाडि बढिरहन सक्षम बनाउँछ ।


Back_to_top