जीपको ‘मोव स्पेसल इडिसन’ आउने, पुरानो भन्दा १० हजार डलर महंगो

अगामी महिना जीपले र्याङ्गलरको नयाँ मोडल र्याङ्गलर मोब–स्पेसल इडिसन ल्याउने भएको छ । नयाँ र्याङ्गलर स्पेसल इडिसनमा फोर–डोर ‘र्याङ्गलर साहरा’ हुनेछ । यो स्पेसल इडिसनको र्याङ्गलरको मूल्य विगतकोभन्दा १० हजार नौ सय पाँच अमेरिकी डलर थप महंगो हुने बताइएको छ । नयाँ र्याङ्गलरको मूल्य ५१ हजार दुई सय डलर हुने अनुमान गरिएको छ । 

मूल्य थप महंगो बनाइएकाले त्यहीअनुरुपको थप सुविधा भने उपलब्ध हुन्छ वा हुन्न भन्नेमा आशंका व्यक्त गरिएको छ । र्याङ्गलर मोबमा एलईडी हेडलाइट, भेन्टिलेटेड हुड, ब्ल्याक एसेन्टस् सहितको बडीकलर ग्रिललगायत विशेषता हुनेछ । यो गाडीमा १७ इञ्चको ब्ल्याक फिनिससहितको एल्मूनिया ह्वील रहनेछ । 

नयाँ र्याङ्गलरमा बिलाशितालाई मुख्य जोड दिइएको छ । यसमा लेदरसिट, अल्पाइन प्रिमियम अडियो सिस्टम, अटो डिमिङ्ग रेयरभ्यू मिरर, किलेस इन्ट्री सिस्टम र मोपार फ्लोरम्याट्ससमेत रहने कम्पनीले जनाएको छ । त्यस्तै, स्पेसल इडिसन र्याङ्गलरमा ८.४ इञ्चको इन्फाेटेन्टमेन्ट सिस्टम रहेको छ । 

नयाँ र्याङ्गलरमा ३.६ लिटर भी–६ इञ्जिन प्रयोग गरिने छ, जसले दुई सय ८५ एपीपावर र दुई सय ६० एलबी–एफ्टी टर्क दिन्छ । यो गाडीमा आठ–स्पीड अटोमेटिक ट्रान्समिसन रहेको छ ।

यसमा सेलेक–ट्र्याक फोर–ह्वील ड्राइभ सिस्टम रहेको छ । यो मोडलमा केही फरकपन महसूस गर्न सकिने कम्पनीले जनाएको छ । यो गाडीको अडर लिन सुरु गरिएकाले छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ ।


Back_to_top