मारुती सुजुकीले अटो एक्स्पो–२०१८ मा स्वीफ्ट मोडललाई मोडिफाई गर्न प्रयोग हुने एशोसरिजबारे आधिकारीक धारणा सार्वजनिक गर्ने गरेको थियो । भिटारा ब्रेजा तथा इग्निसमा समावेश गरिएको यो विशेषतासहित मारुती सुजुकी स्वीफ्टलाई स्पोर्टी लुक्समा ल्याउन सकिने छ ।
इन्डो–जापानी अटो निर्माताले एक्सटेरियर तथा इन्टेरियर एशोसरिजको मूल्यसमेत निर्धारण गरिसकेको छ । कम्पनीको वेभसाइटबाट स्वीफ्टमा समावेश भएका नयाँ एशोसरिजबारे सम्पूर्ण जानकारी दिइएको छ ।
मारुती सुजुकीले एक्सटेरियर एशोसरिज किटअन्तर्गत महङ्गो र सस्तो दुबै अप्सनमा उपलब्ध रहेको छ । कस्टुम स्टीकरसँगै रुफ टफ डिजाइन तथा ह्वाइट कलरको सेटअप गर्न १५ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
एक्सटेरियर एशोसरिजअन्तर्गत रुफ र्याप, बडिसाइड मोल्डिङ, डोरभिजर, फगल्याम्प गार्निश, विन्डो फ्रेमकिट, फ्रन्टबम्पर तथा ग्रिलमा र टेल ल्याम्प्समा प्रयोग हुने गार्निश र बम्पर कर्नर प्रोटेक्टरलगायतको अप्सन दिइएको छ ।
सम्पूर्ण एक्सटेरियर एशोसरिजको मूल्य प्याकेजमा ३५ हजार नौ सय भारतीय रुपैयाँ अर्थात ५६ हजार नेपाली रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, इन्टेरियर कस्टुमाइजेशनअन्तर्गत फरक रङ्ग, इन्टेरियर फ्लकिङ्ग किट, इलूमिनेट डोरसिल गार्ड तथा डिजाइनर म्याटका लागि एकमुष्ट १८ हजार नौ सय भारतीय रुपैयाँ बुझाउनु पर्नेछ ।
मारुती सुजुकी स्वीफ्ट कम्पनीको निक्कै चर्चित ह्याचब्याग कार हो । केही महिना अगाडि नयाँ जेनेरेशनमा आधारित मोडल बजारमा ल्याएको कम्पनीले स्वीफ्ट ग्राहकमाझ निक्कै चर्चित तथा लोकप्रिय हुने आशा लिएको छ ।
स्वीफ्टमा टचस्क्रिन इन्फोनेन्ट सिस्टम, एप्पल कार–प्ले, एन्ड्रोइड–अटो, प्रोजेक्टर हेडल्याम्प्स, एलईडी डीआरएलएसलगायतका सुविधा दिइएको छ ।

