अटो लोन लिने तयारी गर्दै हुनुहुन्छ ? यी ४ कुरा बुझेर बैंक जाँदा राम्रो

काठमाडौं । बैंकको लागि सबैभन्दा सुरक्षित कर्जा भनेकै अटो फाइनान्सिङ्ग हो । सामान्यतया अन्य धितोको आवश्यक नपर्ने यस कर्जा दिँदा खाली किस्ता तिर्न पुग्ने आम्दानीको स्रोतमात्रै हेर्ने गरिन्छ । 

रिटेल कर्जा ग्राहकले कम झमेलामा लिनसक्ने लोन–अटोलोन नै हो । तपाईंले पनि कर्मशियल बैंकबाट अटोलोन लिने सोच्नु बनाउनु भएको छ भने यी ४ कुरा थाहा पाएर बैंक जाँदा राम्रो हुनेछ । 

ब्याजदर 

ब्याजदर बैंकिङ इन्डस्ट्रीमा बैंकअनुसार फरक पर्छ । तर, त्यो फरक त्यति धेरै भने होइन । बैंक अनुसार एक प्रतिशतदेखि दुई प्रतिशतसम्मको अन्तर पाइने गरिन्छ । ग्राहकले कर्जा लिँदा बैंकको सबै सम्झौता बुँदाहरू नपढ्ने हुँदा बेला–बेलामा भैराख्ने तरलता समस्या र क्रेडिट क्रन्चको बेला ब्याज निक्कै माथि पुगेको इतिहास पनि पाईन्छ । 

अन्य देशमा ब्याज स्थीर वा चलायमान हुने भन्ने सम्झौतामा नै उल्लेख गरिएको हुन्छ । नेपालमा एनआइसि एशियाले एकपटक स्थिर ब्याज कर्जाको स्किम ल्याएको थियो । त्यस बाहेक यस्ता प्रडक्ट अहिले बजारमा देखिदैन । 

कर्जाको अवधि 

सामान्यतया अन्य कर्जाको अवधि ६ देखि ७ वर्षको हुन्छ । तर, आफुले चाहेकोे खन्डमा यो अवधि कम गर्न सकिन्छ । तर, बढाउन भने मुस्किल हुन्छ । अवधि कम वा बढी राख्दा यसको असर किस्तामा देखिन्छ । कम अवधिको कर्जा छ भने किस्ता रकम धेरै हुन जान्छ । 

ईएमआई

बैंकहरूले कर्जा प्रवाह गर्दा ईएमआई स्किममा नै गर्न रुचाउँछन्, किनभने यसमा टर्म रिक्स कम हुनेगर्छ । तलबी स्रोत हुनेलाई पनि महिना महिनामा थोरै–थोरै किस्ता तिर्दा सजिलो पर्छ । कर्जा लिनेले आफ्नो सजिलोको लागि मासिक किस्तामा तिर्ने गरेका छन् । 

मोटरसाइकल

कुनै कुनै वाणिज्य बैङ्कले आफ्नो स्किममा राखे तापनि मोटरसाइकल फाइनान्सिङ्ग गरेको बिरलै देखिन्छ । केही विकास बैंक र फाइनान्स कम्पनीले मात्रै बाइक कर्जाको सुविधा दिएका हुन्छन् । 


Back_to_top