काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो स्वामित्वमा रहेका २४ वटा पुराना सवारी साधनहरू लिलाम गर्ने भएको छ ।
बैंकले एक सूचना प्रकाशित गर्दै २४ वटा मोटरसाइकल लिलामीमा राखिएको जानकारी गराएको हो ।
बैंकले हिरो, यामाहा र बजाज ब्राण्डका मोटरसाइकल लिलामीमा राखेको हो । ती मोटरसाइकल सन् २०१२ देखि २०१९ को बीचमा उत्पादन भएका हुन् ।
बैंकका अनुसार इच्छुक आवेदकले आफूले तिर्न चाहेको मूल्य स्पष्ट खुलाई वैशाख १५ गते भित्र बोलपत्र पेश गर्न सक्नेछन् । काठमाडौँ र पोखराबाट आवेदन दिन सक्नेछन् ।
बैंकले मोटरसाइकलको न्यूनतम मूल्य भनेको तोकेको छैन ।

