रोल्स रोयसको ‘नाइटिंगेल’ मोडल १०० युनिट बन्ने, मूल्य १ अर्ब ४४ करोड

काठमाडौं । लक्जरी कार निर्माता रोल्स रोयसले नयाँ मोडल नाइटिंगेल बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले घोषणा गरेको नयाँ कार केबल १०० युनिट मात्रै उत्पादन हुनेछ ।

कम्पनीले जनाए अनुसार १०० युनिट नाइटिंगेललाई लिलाम बढाबढमा बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । जसको सुरूवाती मूल्य ९५ लाख अमेरिकी डलर अर्थात १ अर्ब ४४ करोड नेपाली रुपैयाँ हाराहारी तोकिएको छ ।

रोल्स रोयसले यसलाई पूर्णतः कोचबिल्ड भनेको छ । प्योर इलेक्ट्रीक मोडलको रूपमा आउने नाइटिंगेल केबल दुई सिट क्षमताको हुनेछ ।

कम्पनीले नयाँ कारको लम्बाइ ५७६० एमएम हुने जनाएको छ । यो लम्बाइ कम्पनीको फ्यान्टम सेडानसँग मिल्दोजुल्दो छ । कम्पनीले नाइटिंगेलको क्याबिनको छतमा १० हजार ५०० प्यार्टनको प्रयोग गरेको छ ।


विश्वका धेरै लक्जरी कार निर्माताले आफूलाई ईभी विकासबाट बाहिर निकाल्दा रोल्स रोयसले चुपचाप नयाँ मोडल तयार पारेको हो । यसबाट धेरै लक्जरी कार निर्माताहरू झस्केका छन् ।

नाइटिंगेल ठूलो कार भएर पनि दुई ढोके कन्भर्टिबेल कार हो । यसमा रेक्ड विन्डस्क्रीन, दुई सिटको क्याबिन, टेपरिङ टेल, याट प्रोपेलरहरूको प्रयोग र विशाल २४ इन्च ह्वील यसमा रहने छ ।


अगाडि दिइएको प्यान्थियन ग्रिलले नाइटिंगेललाई फरक बनाएको छ । स्टेनलेस स्टीलको प्रयोग, अल्ट्रा स्लीम ठाडो हेडलाइट, स्प्लीट एलईडी हेडलाइट यसमा पाउन सकिन्छ ।

रोल्स रोयसले यसमा दिइएको ब्याट्री, मोटर लगायतका विषयमा जानकारी बाहिर आएको छैन । यो कारको रोचक कुरा के हो भने लिलाम बढाबढमा मूल्य कहाँसम्म पुग्छ भन्ने हो ।


Back_to_top