पैदल यात्रीलाई पनि ट्राफिकले जरिवाना गर्न पाउने, कति तिर्नुपर्छ ?

काठमाडौं । पैदल यात्रुले जथाभावी हिँडेमा वा बाटो काटेमा जरिवाना तिर्नुपर्ने व्यवस्था गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाईं संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८२’ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

प्रस्तावि विधेयकमा सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई यातायात निरीक्षकले तत्कालै जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।

विधेयको दफा ६२ मा सजाय सम्बन्धी व्यवस्था गरिएको छ । जसको खण्ड (थ)मा ‘सार्वजनिक सडकको निर्धारित स्थान बाहेकका अन्य स्थानबाट सडकमा पैदल यात्रीले यात्रा गरेमा ५०० रुपैयाँ’ जरिवाना गर्न सक्ने उल्लेख छ ।

यात्रुले जथाभावी हिँड्दा सवारी आवगमनमा असर पर्ने र दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले पैदल यात्रुलाई अनुशासित बनाउन जरिवानाको व्यवस्था गर्न लागिएको हो ।


Back_to_top