‘आयोनिक भी’ मार्फत ईभी हब चीनमा हुन्डाईको डेब्यू

काठमाडौं । कोरियाली अटोमोबाइल कम्पनी हुन्डाई विश्वकै सबैभन्दा ठूलो अटोबजार चीनमा प्रवेश गरेको छ । कम्पनीले २०२६ बेइजिङ अटो शोमा आधिकारिक रूपमा आफ्नो विद्युतीय ब्राण्ड आयोनिक सार्वजनिक गर्दै डेब्यू गरेको हो ।

कम्पनीले अटो शोमा आफ्नो नयाँ इलेक्ट्रीक सेडान ‘आयोनिक भी’ प्रदर्शनी गरेको हो । यससँगै आयोनिक ब्राण्ड चीनमा आधिकारिक रूपमा स्थापित भएको छ । यसले ‘ग्लेबल क्वालिटी र चिनियाँ विवेक’को मिश्रणलाई प्रतिनिधित्व गर्दछ ।

आयोनिक ब्राण्डका मोडेलहरू ‘ई-जीएमपी प्योर इलेक्ट्रीक प्लेटफर्म’मा बनाइएका छन् । जसले प्योर इलेक्ट्रीक र एक्सटेन्ड रेन्ज पावरट्रेन दुवैलाई समर्थन गर्दछ ।

आयोनिकका गाडीमा ८०० भोल्टको फास्ट चार्जिङ र इलेक्ट्रीक ड्राइभ प्रणालीहरू छन् । यसमा क्वालकमको फ्ल्यागशिप ककपिट चिप्स, सीएटीएल, बाइडुको वेनसिन लार्ज मोडेल, र बाइटडान्सको भोल्कानो इन्जिनसँग एकीकरण गरिएको छ ।

सबै आयोनिक डिजाइनहरू हुन्डाई चाइना डिजाइन सेन्टरले तयार पारेका हुन् । जुन चिनियाँ प्रयोगकर्ताहरूका लागि तयार पारिएका छन् । यी विश्वव्यापी रूपमा निर्यात गरिने छन् ।

आयोनिक भी ‘मल्टी प्याक्टेड थ्री डाइमेन्सल’ डिजाइन, डाइमेन्सनल लाइट ब्लेड, लाइट क्लस्टरहरू र स्प्लीट हेडलाइट डिजाइन छ । साइडमा फ्रेमलेस डोर र भी आकारका ह्वीलहरू छन् । पछाडिको भागमा डाइमेन्सनल स्टार ट्र्याक टेललाइटहरू छन्।

यसको लम्बाइ ४९०० एमएम, चौडाइ १८९० एमएम र उचाइ १४७० एमएम छ । यसको ह्वीलबेस २९०० एमएम छ ।

नेबुला र्याप्ड इन्टेरियर डिजाइन रहेको आयोनिक भीमा २७ इन्चको अल्ट्रा थिन फोर के ठूलो स्क्रीन, नेबुला लाइटिङ, एम्बियन्ट लाइटहरू र साइबर आई एचयूडी जडान गरिएको छ ।

हुन्डाईले केही अघि दुई विद्युतीय कार कन्सेप्ट ‘भेनस’ र ‘अर्थ’ मार्फत चीनमा डेब्यु गर्ने घोषणा गरेको थियो । कम्पनीले चिनियाँ उपभोक्ताहरूका लागि आयोनिक युनिभर्स नामक एक विशेष इकोसिस्टम निर्माण गरिरहेको छ ।

चिनियाँ उपभोक्ताहरूलाई अनन्त केन्द्र सूर्यको रूपमा राखिएको छ । जहाँ भेनस कन्सेप्ट र अर्थ कन्सेप्ट आयोनिक युनिभर्समा प्रकट गरिएका पहिलो दुई ग्रहहरू हुन् । जसले हुन्डाईको नयाँ चीन रणनीतिको प्रारम्भिक ठोस परिणामहरूलाई प्रतिनिधित्व गर्दछ । भविष्यका उत्पादन मोडेलहरूका लागि सूचकको रूपमा काम गर्दछ ।


Back_to_top