काठमाडौं । किया मोटर्सले लस एन्जलस अटो शोमा हालै इभी ९ को कन्सेप्ट सार्वजनिक गरेको छ । सुरुमा हेर्दा बक्सी टाइप डिजाइनका कारण यो एसयूभीले कियाको पुरानो एसयूभी किया सोलको झझल्को दिन्छ ।
हुन्डाइको इभी ७ जस्तै इजीएमपी प्ल्याटफर्ममा बनेको कियाको इभी९ थ्रीराे सिट भएको एसयूभी हो । यो एसयूभीको साइज कियाको फ्ल्यागसिप एसयूभी टेलुराइड जस्तै रहेको छ ।
कम्पनीले इभी ९ मा प्रयोग हुने ब्याट्री र मोटरको बारेमा आधिकारीक जानकारी नदिए पनि यो एसयूभीले एक पटकको फुल चार्जमा ४८२ किलोमिटरको रेन्ज प्रदान गर्ने जनाएको छ । साथै कियाले यसमा नेक्स जेनेरेशन अट्रा फास्ट चार्जरको मद्दतले १० देखि ८० प्रतिशत चार्ज मात्र ३० मिनेट भित्रै चार्ज गर्न सकिने समेत जनाएको छ ।
यो एसयूभीको अगाडि बम्परको किनारामा एलइडी लाइटिङ एलिमेन्ट्स रहेको छ । त्यस्तै, वेलकम प्याटर्नस, भर्टिकल पोजीसनमा एलईडी डीआरएल, छतमा सोलार प्यानल, हटाउन मिल्ने रुफरेल तथा क्यामरा मोनिटरिङ जस्ता फिचरहरु रहेको छ ।

यसको ड्यासबोर्डमा विशाल २७ इन्चको अल्ट्रा वाइड इन्स्टुमेन्ट क्लस्टर तथा योक डिजाइनको स्टेरिङ ह्वील रहेको छ । यसमा स्पेसियस क्याबिनका साथै फ्ल्याट फ्लोर, ठूलो साइजको विण्डो प्यानारोमिक रुफ जस्ता विशेषता रहेको छ ।

इभी ९ को लम्बाइ ४९३० एमएम, चौडाइ २०५५ एमएम र उचाइ १७९० एमएमको रहेको छ । यो एसयूभीको ह्वील वेसको लम्बाइ भने ३१०० एमएमको रहेको छ । यसको एक्टेरियरमा देखिने मल्टिपल कट तथा क्रिज अनि उत्कृष्ट ह्वील आर्क, ठूलो साइजको ह्वील र डिजीटल टाइगर फेस सहितको फ्यूचरिस्टिक फेसियाले धेरैको नजर खिच्न सफल देखिएको छ ।

इजीएमपी प्लायाटफर्ममा तयार भएको हुनाले यो एसयूभीमा रियर ह्वील वा अल ह्वील दुवै ड्राइभिङ अप्सन प्राप्त हुनेछ । किया ९ को कन्सेप्ट डिजाइन निकै फ्यूचरीस्टिक देखिएको छ ।

