काठमाडौं । बीएमडब्ल्युले नेपाली बजारमा विक्री गर्ने ३१० ट्वीनको बीएस ६ भर्सन नेपाल भित्रने भएको छ । कम्पनीले मसिंर दोस्रो हप्तादेखि नेपाली बजारमा विक्री सुरु गर्ने भएको हो ।
बीएमडब्ल्यु मोटरसाइकलको लागि नेपालको आधिकारि विक्रेता हिमालयन मोटोराडले जि ३१० आर र जी ३१० जीएसको बीएस ६ भर्सन सार्वजनिक गर्ने तयारी गरेको हो ।
भारतमा टीभीएससंगको सहकार्यमा उत्पादन भएको बीएसडब्व्ल्यु ३१० ट्वीनले नेपाली बजारमा राम्रो सफलता पाइरहेको छ । कम्पनीले विक्री गर्ने जी ३१० आर नेकेड मोटरसाइकल हो भने जी ३१० जीएस एड्भेन्चर मोटरसाइकल हो ।
जी-३१० ट्वीनमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड-कूल, फ्यूल इन्जेक्सन इञ्जिन ले ३३.५ बीएचपी पावर र २८ एनएम-टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा सिक्स-स्पीड गियरबक्स जडान गरिएको छ । हाल नेपाली बजारमा विक्री भइरहेको बीएसडब्ल्यु जी ३१० आरको मूल्य ९ लाख ७५ हजार रुपैयाँ र एड्भेन्चर मोडल जी ३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ रहेको छ ।
बीएस ६ इन्जिनमा आउने मोटरसाइकलको मूल्य बढ्ने देखिन्छ । कम्पनी स्रोतका अनुसार बीएस ६ भर्सन जी ३१० जीएसको मूल्य १४ लाख ५० हजार र जी ३१० आरको मूल्य १३ लाख ५० हजार निर्धारण हुनेछ ।
बीएस ४ भर्सनको तुलनामा जी ३१० जीएसमा ३ लाख ६० हजार रुपैयाँ र जी ३१० आरमा ३ लाख ७५ हजार रुपैयाँ बढ्ने अनुमान गरिएको छ ।
कम्पनीले हाल यी दुई मोटरसाइकलको बुकिङ लिइरहेको छ । कम्पनीको आधिकारिक सोरुमाबाट बुकिङ गर्न सक्नेछन् । बुकिङ गर्न चाहाने ग्राहकले ५० हजार रुपैयाँ बुझाएर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । प्रि बुकिङ गर्ने ग्राहकले नगद २० हजार रुपैयाँ तथा हेलमेट निशुल्क प्राप्त गर्नेछन् ।

