यामाहा MT-15 बीएस ६ को मूल्य बढ्यो, यस्तो छ दुई भेरियन्टको मूल्य

काठमाडौं । यामाहा एमटी १५ बीएस ६ भर्सनको मूल्य वृद्धि भएको छ । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्युले जारी गरेको नयाँ मूल्यसूची अनुसार एमटी १५ बीएस ६ को मूल्य वृद्धि भएको हो ।

केही समय अगाडी कम्पनीले सार्वजनिक गरेको एमटी १५ बीएस ६ को मूल्य पहिलो पटक वृद्धि भएको हो । बीएस ४ एमटी १५ को मूल्य भने यथावत रहेको छ ।

एमटी १५ नेपाली युवा वर्गमा चर्चित मोटरसाइकल रहेको छ । यो मोटरसाइकलको खासगरि प्रतिस्पर्धी मोडल नेपाली बजारमा छैन् । यस कारण पनि नेपाली युवा वर्गको पहिलो रोजाइमा एमटी १५ परेको पाइन्छ । यामाहा एमटी ०९ बाट प्रभावित डिजाइनमा रहेको यो एमटी १५ निकै आकर्षक मोटरसाइकल रहेको छ ।

यो मोटरसाइकलमा उपलब्ध बीएस ६, १५५.१ सीसी लिक्वीड कुल्ड फोर भल्भ इन्जिनले १०००० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० सय आरपिएममा १४.७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ ।

यसको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, १०७० एमएम उचाई रिहेको छ भने १३३५ एमएमको ह्वीलवेश लगाइएको छ ।

नेपाली बजारमा यामाहा एमटी १५ बीएस ४ को मूल्य ४ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ । यसको मूल्य कम्पनीले यथावत रखेको हो । हालै मात्र सार्वजनिक भएको बीएस ६ भर्सनको मूल्य कम्पनीले १० हजार रुपैयाँले वृद्धि गरेको हो । एमटी १५ बीएस ६ सार्वजनिक हुँदा ४ लाख ४९ हजार ९०० रुपैयाँ रहेको थियो मूल्य वृद्धि पश्चात ४ लाख ५९ हजार ९०० रुपैयाँ पुगेको छ ।


Back_to_top