नेपाल भित्रियो पहिलो इलेक्ट्रीक क्रुजर मोटरसाइकल, डेलिभरी सुरु

काठमाडौँ । नेपालमा पहिलो इलेक्ट्रीक क्रुजर मोटरसाइकल ‘कोमाकी रेन्जर’ भित्रिएको छ । युनिटी ट्रेडिङ कन्सर्नले कोमाकी रेन्जर नेपाल भित्र्याएको हो ।

योसँगै कोमाकी रेन्जर यसअघि बुकिङ गरेर बसेका ग्राहकहरुलाई मोटरसाइकल डेलिभरी दिन सुरु गरिएको समेत कम्पनीले जनाएको छ ।

यो मोटरासइकलमा ४ किलोवाटको मोटर र ८० एम्पिएरको कन्ट्रोलर राखिएको छ । यसमा ७२ भोल्ट ५० एम्पीयर क्षमताको लिथियम आयन ब्याट्री उपलब्ध छ । यो मोटरसाइकल एक पटकको फुल चार्जमा १५० देखी १८० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसलाई फुल चार्ज गर्न पाँचदेखि छ घण्टा लाग्छ ।

यो मोटरसाइकलको दुबै तर्फ डिस्क ब्रेक, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, कि-लेस स्टार्ट, सेल्फ डायग्नोसिस सिस्टम, टेलिस्कोपिक सस्पेन्सन जस्ता फिचर रहेका छन् ।

कालो, रातो र निलो गरी विभिन्न तीन फरक कलरमामा उपलब्ध यो मोटरसाइकलको मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

 


Back_to_top