हुन्डाई कोना र एमजी जेडएसमा कुन राम्रो, यस्ता छन् भिन्नता

काठमाडौं । हुन्डाईले नेपाली बजारमा आफ्नो पहिलो इलेक्ट्रीक कार कोना सार्वजनिक गरेको करिब १० महिना पुरा भएको छ । १० महिनाको दौरानमा कम्पनीले करिब २०० यूनिट कोना बिक्री गर्न सफल भएको छ ।

हुन्डाईले कोना इलेक्ट्रीकलाई नेपाली बजारमा ल्याएसँगै अन्य कम्पनीले पनि इलेक्ट्रीक कार धमाधम ल्याउन थालेका छन् । यसो हुनुमा सरकारी नीति र बढ्दो इलेक्ट्रीक क्रेजलाई मुख्य कारण मानिएको छ । अहिले बजारमा हुन्डाई कोना, किया निरो र एमजी जेडएस इलेक्ट्रीक एसयूभीको रुपमा बिक्री वितरण भइरहेको छ ।

एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले ५० लाख बिक्री मूल्य राखेर इलेक्ट्रीक एसयूभी इजेडएस ल्याएसँगै ५५ लाख ५६ हजार मूल्य रहेको हुन्डाई कोना र एमजी जेडएसको बीचमा प्रतिस्पर्धा सुरु भएको छ ।

त्यसैले हामीले यी दुई मोडलमा कुनसँग कस्तो विशेषता रहेको छ भन्ने जानकारी दिने प्रयास स्वरुप यी दुई एसयूभीबीच तुलना गरेका छौं ।

डायमेन्सन

एमजी जेडएसको लम्बाई ४३१४ एमएम रहेको छ भने हुन्डाई कोनाको लम्बाई ४१८० एमएम रहेको छ । जेडएसको चौडाई १८०९ एमएम र उचाई १६२० एमएम रहेको छ । कोनाको चौडाई भने १८०० एमएम र उचाई १५७० एमएम रहेको छ । यी एसयूभीमा उचाई र लम्बाईमा जेडएस ठूलो छ भने चौडाई लगभग उस्तै रहेको छ ।

ह्वीलवेसमा हुन्डाई कोना केही लामो छ । कोनाको ह्वील वेसको लम्बाई २६०० एमएम रहेको छ भने जेडएसको ह्वील वेस २५७९ एमएम रहेको छ ।

पावरट्रेन

दुबै कारमा समान किसिमको मोटर दिइएको छ । यसले एमजीको इलेक्ट्रीक कारमा १४३ हर्ष पावरका साथै ३५३ एनएम टर्क प्रदान गर्छ । साथै, कोना इलेक्ट्रीकमा रहेको मोटरले १३६ हर्ष पावरका र ३९५ एनएम टर्क प्रदान गर्छ ।

दुबै इलेक्ट्रीक एसयूभीमा अटोमेटिक गियरबक्स लगाइएको छ भने, फ्रन्ट ह्वील ड्राइभ सिस्टम जडान गरिएको छ । एमजीको जेडएस इभीले ८.५ सेकेन्डमा ० देखि १०० किलोमिटरको रफ्तार पकड्न सक्ने कम्पनीले दाबी गरेको छ भने हुन्डाई कोना इलेक्ट्रीकले ९.७ सेकेन्डको समयमा उक्त दुरी तय गर्नसक्छ ।

ब्याट्री र चार्ज हुने समय

इमजीको इलेक्ट्रीक कारमा उपलब्ध ४४.५ किलोवाटको ब्याट्रीले फुल चार्जमा  ३२८ किलोमिटर रेञ्ज प्रदान गर्छ । सामान्य घरायसी चार्जरबाट ६ देखि ८ घन्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यसलाई डिसी फास्ट चार्जरबाट चार्जगर्दा ५० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने छ ।

हुन्डाई कोना नेपाली बजारमा ६४ र ३९.२ किलोवाटको ब्याट्री अप्सनमा उपलब्ध रहेको छ । मूल्यका हिसावले हेर्दा एमजी जेडएससँग ३९.२ किलोवाट क्षमताको गाडीसँग हुन्छ । कोना इलेक्ट्रीले एकपटकको फुल चार्जमा ३२० किलोमिटर रेञ्ज प्रदान गर्छ ।

यसलाई ७ वाटको चार्जरबाट घरायसी विजुलीमा चार्जगर्दा ६ घन्टा १० मिनेटमा फुल चार्ज गर्न सकिने छ भने डीसी फास्ट चार्जर मार्फत ५७ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

मूल्य

हुन्डाई कोनाको बजारमा मूल्य ५५ लाख ५६ हजार रुपैयाँ रहेको छ भने एमजी जेडएसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सुरक्षालगायतका फिचर

हुन्डाई कोना र एमजी जेडएस दुबैमा एबीएस, सेन्ट्रल लक, पावर डोरलक, चाइल्ड सेफ्टी लक, एन्टी थेप्ट आर्लम, ६ वटा एयरव्याग, साईड एयरव्याग, डे÷नाइट रियरभ्यू मिरर, प्यासेन्जर साइड रियर भ्यू मिरर, सिटबेल्ट वार्निङ, डोर जार वार्निङ, साइड इम्प्याक्ट बीम दिइएको छ ।

त्यसैगरी, फ्रन्ट इम्प्याक्ट बीम, टायर प्रेसर मोनिटर, इन्जिन इमोबिलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ, इबीडी, इलेक्ट्रोनिक स्टाविलिटी कन्ट्रोल, हाई स्पीड अलर्ट, हिल एसिस्ट, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक जस्ता फिचर उपलब्ध रहेको छ ।

डिजाइन र कलर

हुन्डाई कोना ब्राण्ड न्यू मोडलको रुपमा कम्पनीले ल्याएको क्रसओभर एसयूभी हो । विश्व बजारमा यसले २०१९ मा धेरै अवार्ड जित्न सफल भएको छ । पृथक डिजाइन र फरक कलरले कोनालाई छुट्टै पहिचान प्रदान गरेको छ ।

एमजी जेडएसको इलेक्ट्रीक भर्सनको रुपमा आएको एसयूभी इजेडएस इलेक्ट्रीक र कम्बस्चन झुलुक्क हेरेर छुट्टउन सकिदैन । कम्पनीले २०१९ सेप्टेक्बरबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु गरेको जेडएसले कस्तो पर्फमेन्स गर्छ त्यो भने हेर्न बाँकी नै रहेको छ । 


Back_to_top