रेनोको कम्प्याक्ट एसयूभी आउने पक्का, भेन्यू, ब्रेजा र नेक्सनसँग प्रतिस्पर्धा गर्ने

भारतीय बजारमा रेनोले नयाँ कम्प्याक्ट एसयूभी ल्याउने भएको छ । कम्पनीले केही महिनाअघि ल्याएको ७ सिटर ट्राइबरको सफलतासँगै नयाँ एसयूभी ल्याउने घोषणा गरेको हो ।

कम्पनीले सन् २०२० को दोस्रो क्वाटरमा उक्त नयाँ एसयूभी सार्वजनिक गर्ने छ । कम्पनीले यसलाई ‘एचआर१०’ कोड नेममा उत्पादन गरिरहेको छ । रेनो–निसानको सीएमएफ–ए प्लस प्ल्याटफर्ममा बन्ने यो एसयूभीले भारतीय बजारमा फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी भिटारा ब्रेजा, महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन र हुन्डाई भेन्यूसँग प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले यसमा १.० लिटर टर्बो चार्ज्ड थ्रि सिलिण्डर इन्जिन दिने जनाएको छ । कम्पनीले एचबीसी सेग्मेन्टमा बनाउने सबै गाडीमा थ्रि सिलिण्डर इन्जिन दिने जनाएको छ । उक्त इन्जिनले ९५ हर्स पावर प्रदान गर्ने जनाइएको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक ट्रान्समिसन दिइएको छ ।


Back_to_top