यस्तो छ नयाँ पेट्रोल इन्जिनमा आउने ब्रेजा, फेब्रुअरीबाट बिक्री सुरु हुने

मारुती सुजुकी भिटारा ब्रेजा नयाँ इन्जिनको साथ नयाँ अवतारमा आउने भएको छ । भारतीय मिडियाले यसको नयाँ अवतार सहितको तस्विर सार्वजनिक गरेसँगै कम्पनीले यसलाई बजारमा उतार्ने तयारी गरेको सहजै अनुमान गर्न सकिन्छ । 

भारतमा सार्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी ब्रेजा नेपाली बजारमा पनि निकै राम्रो व्यापार गरिरहेको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले जनाएको छ । 

नयाँ फेसलिफ्ट ब्रेजामा अगाडिको ग्रिलमा केही परिमार्जन गरिएको छ । यसको बम्पपरमा पनि परिमार्जन गरिएको देख्न सकिन्छ । परिमार्जित फगल्याम्प, र रिस्टाइल हेडल्याम्पले एसयूभीलाई निकै स्पोर्टी बनाएको छ । यसमा कम्पनीले एलइडी हेडल्याम्प दिएको छ, जसले पहिलेको तुलनामा थप उज्यालो प्रदान गर्नेछ । 

१६ इन्चको ब्ल्याक अलोय ह्वील, टुविक टेलल्याम्प ग्रफिक्स, थप आरामदायी क्याविन, फ्रेस अपहोलिस्टीक, स्मार्ट प्ले स्टुडियो इन्फोटेन्टमेन्ट सिस्टम जस्ता आकर्षक फिचर यसमा उपलब्ध हुनेछ ।

कम्पनीले यसअघि दिइएको डी१३ए १.३ लिटर डिजेल इन्जिनलाई नयाँ पेट्रोल इन्जिनले रिप्लेस गर्नेछ । भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको के१५बी १.५ लिटर पेट्रोल इन्जिन प्रदान गर्ने जनाएको छ । उक्त इन्जिनले १०४.७ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटिक गियरबक्स दिइने छ । 

यसलाई कम्पनीले आगामी फेब्रुअरीबाट बिक्री सुरु गर्ने यसअघि नै जानकारी दिइसकेको छ । 


Back_to_top