काठमाडौं । केटीएमले भारतीय बजारमा ड्युक १६० मोटरसाइकलको नयाँ टप स्पेक भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले नयाँ ड्युक १६० मोटरसाइकलमा नयाँ टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर दिएर बजारमा ल्याएको हो ।
कम्पनीले नयाँ भेरियन्ट ड्युक १६० को मूल्य १ लाख ७९ हजार भारु (एक्स शोरुम) तोकेको छ । यो मूल्य ड्युक १६० को बेस भेरियन्ट भन्दा ७ हजार रुपैयाँ महँगो हो । यसको बेस भेरियन्टमा भने एलसीडी डिस्प्ले दिइएको छ । जसको मूल्य १ लाख ७१ हजार भारु (एक्स शोरुम) छ ।
नयाँ भेरियन्टको सबैभन्दा ठूलो विशेषता भनेकै यसमा दिइएको नयाँ क्लस्टर हो । जुन हालको ३९० ड्युकमा समेत प्रयोग गरिएको छ। १६० ड्यूक अब यो सेगमेन्टमा सुविधाहरूको हिसाबले निकै बलियो मोटरसाइकल बनेको छ।
ड्युक १६० को नयाँ भेरियन्टमा दिइएको डिस्प्लेमा दुई फरक स्क्रीन अप्सन छनोट गर्न सकिन्छ। यसले डिस्प्लेमा दुई छुट्टाछुट्टै थेम सपोर्ट गर्नेछ । राइडरले आफ्नो च्वाइस अनुसार यसलाई छान्न सक्नेछन् । यसमा पुरानो जस्तै फोरवे स्विचगेर छ । जसलाई प्रयोग गर्न नयाँ एड्जस्टमेन्ट गरिराख्नु पर्दैन ।
पुरानोको तुलनामा नयाँ टीएफटी डिस्प्ले निकै प्रिमियम ग्राफिक्समा छ । यसले गर्दा डिस्प्लेमा देखिने डिटेल्स धेरै क्लियर र सार्प देख्न सकिन्छ ।
मोटरसाइकलमा एप सहितको ब्लूटुथ कनेक्टिभिटी सिस्टम रहेको छ । यसलाई एप मार्फत सजिलै कन्ट्रोल गर्न सकिन्छ । डिस्प्लेमा नेभिगेसन, यात्रा, मोटरसाइकल डेटा, ब्लूटुथ कनेक्टिभिटी फर कल फिचर, कल अलर्ट, ब्लूटुथ हेलमेट हेडसेट लगायतका डिटेल्स हेर्न सकिन्छ ।
सोही डिस्प्लेमार्फत राइडरले सुपरमोटो एबीएस मोडमा पनि जान सक्नेछन् । बायाँ ह्यान्डलबारमा माउन्ट गरिएको मेनु स्विच प्रयोग गरेर आफ्नो शिफ्ट आरपीएम र लिमिट आरपीएमलाई कस्टमाइज समेत गर्न सकिन्छ । यस बाहेक मोटरसाइकलमा अन्य कुनै परिवर्तन गरिएको छैन ।

