काठमाडौं । केटीएम मोटरसाइकलले ६९० र्याली ल्याउने भएको छ । कम्पनीले ओभरसिज बजारमा केटीएम ६९० र्यालीको परीक्षण गरिरहेको तस्वीर बाहिर आएको हो ।
केटीएमले ६९० एण्डयुरो आरकै प्लेटर्फममा नयाँ एड्भेन्चर टूरर ल्याउने भएको हो । केटीएम ६९० र्यालीमा डकार स्टाइल विन्डस्क्रीन र ट्रान्स्पारेन्ट फ्रन्ट कौल देखिएको छ ।
यसमा कम्पनीले तीन फ्यूल ट्याङ दिएको छ । बाइकको दुवै छेउमा जडान गरिएको दुईवटा इन्धन ट्याङ्क दिइएको छ, जुन चालकको घुँडा र इन्जिनको बीचमा राखिएको छ । थप रूपमा यसको सिट मुनि पनि अर्को ट्याङक दिइएको छ । केटीएम ३९० एण्डयुरोमा पनि सिट मुनि नै अतिरिक्त इन्धन ट्याङक दिइएको छ ।
केटीएम ६९० र्यालीमा एण्डयुरो आरमा जस्तै ६९२.७ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन उपलब्ध रहेको छ । यो इन्जिनले ७४ पीएस पावरका जेनेरेट गर्छ ।
नेपालमा पनि आउने सम्भावना
अष्ट्रियन कम्पनी केटीएमले ग्लोबल मार्केटका लागि तयार पारेको यो मोटरसाइकल नेपालमा पनि आउने सक्नेछ । नेपाली बजारमा एड्भेन्चर मोटरसाइकलको माग बढ्दै जाँदा प्रिमियम एड्भेन्चर केटीएम ६९० र्याली आउन सक्छ ।
केटीएमका मोटरसाइकल बिक्री गर्दै आएको हंशराज हुलाश चन्द एण्ड कम्पनीले भर्खरै नक्सालमा शोरुम खोल्दै बिग बाइक समेत नेपाली बजारमा भित्रने बताएको थियो ।


