केटीएम डुक २५० एड्भेन्चर टेस्टीङ्ग को क्रममा देखिएको छ । इक्मा अटो शो हुने तयारीमा रहेको बेला केटीम २५० एड्भेन्चरको स्पाइ तस्बीर सार्वजनिक भएको हो ।
केटीएमले निर्माण गर्ने एड्भेन्चर २५० केटीएम डुक ३९० एड्भेन्चरबाट नै प्रभावित रहेको छ । यसमा धेरै समानता रहने कम्पनीले बताएको छ ।
केटीएम २५० एड्भेन्चरले रोयल इनफिल्ड हिमालयनसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।
डुक २५० एड्भेन्चरमा हाल डुक २५० मा रहेको इन्जिन रहेको छ जसले । यसमा २४८.८ सीसी सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ । जसले ९ हजार आरपीएममा ३० बीएच पावर तथा ७ हजार ५ सय आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स रहेको छ । यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च अफरोड ह्वील रहेको छ । यसमा एड्भेन्चर ३९० मा रहेको कलरफूल इन्स्टुमेन्ट कन्सोल भने नदिने कम्पनीले जनाएको छ । २५० एड्भेन्चरमा स्लीपर कल्च, हेलोजिन हेडल्याम्प, डबल च्यानल एबीएस जस्ता फिचर रहने छन् ।
केटीएमले २५० एड्भेन्चर २०२१ सम्ममा भारतीय बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसको मूल्य २ लाख ५० हजार भारतीय मूल्य हुने अनुमान रहेको छ ।

