बीएस सिक्समा आएसँगै १० हजार बढ्यो स्प्लेण्डरको मूल्य, एक्सपल्सको कति ?

काठमाडौं । सरकारले लागू गरेको नयाँ नीतिको प्रभाव साना मोटरसाइकलको मूल्यमा देखिन थालेको छ ।

सरकारले गत असार ९ गतेदेखि दुईपाँग्रे सवारी साधनमा युरो ५ वा सो सरहको मापदण्ड लागू गरेको थियो । बजारमा अहिले सोही मादण्डका मोटरसाइकल आउन थालेपछि मूल्य ह्वात्तै बढेको हो ।

यसैक्रममा, हिरोले आफ्नो कम्प्युटर सेग्मेन्टको सुपर स्प्लेण्डर एक्सटीइसी १२५ मोटरसाइकलको मूल्य एकैपटक १० हजार रुपैयाँ बढाएको छ ।

नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले सुपर स्प्लेण्डर एक्सटीइसीको नयाँ बीएस ६ एफआई भेरियन्ट बजारमा ल्याएसँगै मूल्य बढाएको हो ।

कम्पनीले यसअघि बीस फोर भर्सन सुपर स्प्लेण्डर एक्सटीइसी २ लाख ५६ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको थियो । अहिले नयाँ बीएस ६ भेरियन्टको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

हिरोले सुपर स्प्लेण्डर नेपालमा पहिलो पटक बीएस ६ एफआई इन्जिनमा ल्याएको हो । यो १२५ सीसी सेगमेन्टमा निकै लोकप्रिय मोडल समेत हो ।

नयाँ भेरियन्ट सुपर स्प्लेण्डर एक्सटीइसी १२५ मा इन्जिन बाहेक अरु कुनै पार्टस् र फिचरहरू अपडेट भएको छैन । इन्जिन अपडेट भएता पनि यसको पावर र पर्फमेन्स भने बीएस ४ कै समान पाइन्छ ।

मोटरसाइकलमा १२४.७ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, एफआई, बीएस ६ इन्जिन रहेको छ । यसले १०.७ पीएस पावर र १०.६ एनएमको टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिड गियरबक्स छ।

सुपर स्प्लेण्डर क्सटीइसीमा एलईडी हेडल्याम्प र डीआरएल छ भने यसको इन्डिकेटर र टेल ल्याम्पमा हेलोजन बल्ब प्रयोग गरिएको छ। साथै, यसमा हेडल्याम्प काउल, भाइजर, ब्लूटुथ कनेक्टिभिटी सहितको डिजिटल स्पीडोमिटर, कल र एसएमएस अलर्ट, रियल टाइम माइलेज डिस्प्ले, साइड स्ट्यान्ड इन्डिकेटर, हाई बिम स्टेटस, इन्धन स्तर सूचक र चार्जिङ पोर्ट जस्ता फिचरहरू छन् ।

एक्सपल्सको मूल्य एकैपटक १३ हजार बढ्यो

कम्पनीले हिरो नयाँ इमिशन स्ट्याण्डर्डमा आएको एक्सपल्स २०० प्रोको मूल्य एकैपटक १३ हजार रुपैयाँले बढाएको छ ।

सीजी मोटर्सले एक्सपल्स २०० प्रो यसअघि ५ लाख ६ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको थियो । अहिले बजारमा ल्याएको एक्सपल्स २०० प्रोको ओबीडी २ भेरियन्टको मूल्य बढाएर ५ लाख १९ हजार ९०० रुपैयाँ बनाएको हो ।

बीएस ६ एक्सपल्स २०० प्रोमा लामो ट्राभल सस्पेन्स सेटअप, ज्यादा ग्राउण्ड क्लियरेन्सका साथै ह्यान्डलबार रेजर समेत उपलब्ध छ ।

एक्सपल्स २०० फोर भी प्रोमा बीएस ६ ओबीडी टू माप्दण्डको १९९.६ सीसी सिंगल सिलिण्डर, आयल कुल्ड इन्जिन प्रयोग भएको छ । यो इन्जिनले अधिकतम ८५०० आरपीएममा १८.९ हर्ष पावरका साथै ६५०० आरपीएममा १७.३५ एनएम टर्क जेनेरेट गर्छ ।

मोटरसाइकलमा पूरा एलईडी लाइट सेटअप, प्रोजेक्टर हेड्ल्याम्प, कनेक्टिभिटी सहितको पूरा डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट, डबल पर्पस टायर, डबल डिस्कब्रेक, सिंगल च्यानल एबीएस, राइड मोड, एड्जस्टेबल सस्पेन्सन सेटअप लगायत अन्य धेरै फिचरहरू रहेका छन् ।


Back_to_top