एथर स्कुटरमा गोवाबाट काठमाडौं, ६ हजार किमी बढी यात्रा

काठमाडौं । दुई भारतीय राइडरले एथर इलेक्ट्रीक स्कुटरमै भारतको गोवाबाट नेपालको काठमाडौंसम्म यात्रा गरेका छन् ।

उनीहरूले एथर ४५० स्कुटरमा लगातार १० दिन यात्रा गर्दै काठमाडौं आइपुगेका हुन् । जनवरी ९ मा गोवाबाट यात्रा सुरू गरेका उनीहरू गोरखपुर-बुटवल-चितवन हुँदै काठमाडौंसम्म आइपुगेका हुन् ।

क्रस कन्ट्री यात्राको क्रममा उनीहरूले ६ हजार किलोमिटर बढी दूरी पार गरेका छन् । उनीहरूले भारत र नेपालका राजमार्गको कालोपत्रे, खाल्डाखुल्डी सडक छिचोल्दै काठमाडौं आइपुगेका हुन् ।

उनीहरूले यस यात्रालाई एशिया बुक अफ रेकर्डमा दुई वटा कीर्तिमान दर्ता गर्ने लक्ष्य राखेका छन् । उनीहरूले एक व्यक्तिद्वारा गरिएको सबैभन्दा लामो इलेक्ट्रीक स्कुटर यात्रा र पहिलो पटक सम्पन्न भएको क्रस-कन्ट्री इलेक्ट्रीक स्कुटर यात्राको रेकर्ड दर्ता गर्ने लक्ष्य राखेका हुन् ।

यो यात्रा कीर्तिमान मात्र नभई एथर स्कुटरले जति लामो दूरी यात्रा पनि गर्न सकिन्छ भन्ने प्रमाण हो । यसले इलेक्ट्रीक स्कुटरमार्फत लामो दूरीको यात्रा गर्न सकिँदैन भन्ने भ्रम समेत चिरेको र रेन्ज एन्जाइटी हटाएको उनीहरूको भनाइ छ ।

यो यात्राले एथरको प्रविधि, चार्जिङ पूर्वाधार माथिको भरोसा र विश्वास बढाएको छ ।


Back_to_top