केटीएम डुक २५० एड्भेन्चर आउँदै

केटीएमले डुक २५० एड्भेन्चर सार्वजनिक गर्ने भएको छ । केटीएमले निर्माण गर्ने डुक एड्भेन्चर २५० केटीएम डुक ३९० एड्भेन्चरबाट नै प्रभावित रहेको छ । यसमा धेरै समानता रहने कम्पनीले बताएको छ ।

भारतीय बजारमा वहुप्रतिक्षित डुक एड्भेन्चर हालसम्म पनि सार्वजनिक भए पश्चात् ग्राहकहरु निराश भइरहेको बेला केटीएमले डुक २५० एड्भेन्चर सार्वजनिक गर्ने घोषणा गरेको छ ।

केटीएम डुक २५० एड्भेन्चरले रोयल इनफिल्ड हिमालयनसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

डुक २५० एड्भेन्चरमा हाल डुक २५० मा रहेको इन्जिन रहेको छ जसले । यसमा २४८.८ सीसी सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ । जसले ९ हजार आरपीएममा ३० बीएच पावर तथा ७ हजार ५ सय आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स रहेको छ । यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च अफरोड ह्वील रहेको छ । यसमा एड्भेन्चर ३९० मा रहेको कलरफूल इन्स्टुमेन्ट कन्सोल भने नदिने कम्पनीले जनाएको छ । डुक २५० एड्भेन्चरमा स्लीपर कल्च, एलइडी हेडल्याम्प, डबल च्यानल एबीएस जस्ता फिचर रहने छन् ।

केटीएमले २०२० को सुरुवातमा भारतीय बजारमा डुक एड्भेन्चर सार्वजनिक गर्ने अनुमान गरिएको छ भने, डुक २५० एड्भेन्चर भने २०२१ सम्ममा भारतीय बजारमा सार्वजनिक गर्ने छ । यसको मूल्य रोयल इनफिल्ड हिमालयनभन्दा कम हुने अनुमान रहेको छ । 


Back_to_top