कुमारी बैंकले बीवाइडीका गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं। कुमारी बैंक र साइमेक्स इंक प्रालिबीच ग्राहकलाई बिवाइडीका इलेक्ट्रीक गाडी खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। बिवाइडीका इलेक्ट्रीक सवारी साधन किन्न चाहाने ग्राहकलाई कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको हो ।

नेपालमा इभीको लोकप्रियता बढिरहेको र सोहीअनुसार आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले देशभरका शाखाबाट सहज रुपमा बिवाइडीका कार खरिदमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले नेपालका कुनै पनि बिवाइडी डिलरबाट इभी खरिद गर्दा कुमारी बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने र कर्जा आठ वर्ष अवधीसम्मकाे हुनेछ।

बिवाइडीले नेपालका मुख्य मुख्य सहरहरुमा डिलर स्थापन गरेर इभी विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।


Back_to_top