काठमाडौं । पर्यटकीय राजधानी पोखरामा केई र फोर्थिङ इलेक्ट्रीकको अत्याधुनिक शोरुम संचालनमा आएको छ ।
नेपालका लागि केई र फोर्थिङको अधिकृत बिक्रेता लक्ष्मी ई-मोबिलिटीले पोखराको बुद्धचोकमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।
यससँगै केई र फोर्थिङले पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई विस्तार गरेका छन् । जसले आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रीक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको कम्पनीको भनाइ छ । साथै, ग्राहकलाई सुविधाजनक सेवा उपलब्ध गराउने सुनिश्चित गरेको छ ।
कम्पनीले नयाँ शोरुम उद्घाटनको अवसरमा विशेष ग्राण्ड ओपनिङ अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड-ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे-प्याकेज समावेश छन्।
नयाँ शोरुमले पोखराका ईभी प्रेमीहरूलाई उच्चस्तरीय खरिद अनुभव दिन लक्ष्य राखेको छ, साथै दिगो र वातावरणमैत्री गतिशीलताप्रति कम्पनीको प्रतिबद्धता सुदृढ बनाउँछ।
दिगो यातायात प्रवद्र्धन गर्ने उद्देश्यले लक्ष्मी ग्रुपले देशभर रिल्याक्स रिचार्ज नेटवर्क मार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ । जसले ग्राहकलाई सहज ईभी चार्जिङ तथा सेवा सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाएको छ।

