नुवाकोटमा महिन्द्राको नयाँ शोरुम

काठमाडौं । नुवाकोट जिल्लाको बिदुर नगरपालिका ४ स्थित संगमचोक बट्टार बजारमा महिन्द्राले आफ्नो आधिकारीक बिक्री कक्ष संचालनमा ल्याएको छ ।

उक्त विक्रि केन्द्रको उद्घाटन अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेश सभा सदस्य हिरानाथ खतिवडा र जिल्ला समन्वय प्रमुख सन्तमान तामाङले संयुक्त रुपमा गरेका थिए ।

‘कला मोटर्स’ को नाममा संचालित उक्त बिक्री–कक्षले महिन्द्राका ग्राहकलाई बिक्री र मर्मत सम्बन्धी सेवाहरू प्रदान गर्नुका साथै स्पेयर पार्टसहरू उपलब्ध गराउनेछ।

नुवाकोट जिल्ला तथा यसका आसपासका क्षेत्रका ग्राहकलाई कम्पनीमा सिधा पहुँच र गुणस्तरीय सेवा दिन आफुहरु कटिवद्ध रहेको यसका संचालक राजन श्रेष्ठले मेरोअटोलाई जानकारी दिए । 

अग्नि समूह नेपालका लागि महिन्द्राका सवारी साधन तथा वाहनहरु, ट्रयाक्टरहरू, दुइपांग्रे सवारी साधनहरू, विद्युतीय कारहरू र जेनेरटरहरूको अधिकृत वितरक हो ।


Back_to_top