भारतीय कार निर्माता कम्पनी महेन्द्रा एन्ड महेन्द्राले आगामी वर्ष दुई नयाँ इलेक्ट्रीक गाडी सार्वजनिक गर्ने भएको छ । जसमा एक्सयूभी कुपे र केयूभी १०० हुन सक्ने वताइएको छ ।
कम्पनीका म्यानेजिङ डाईरेक्टर पवन गोयंकाले अपकमीङ एमपीभी महिन्द्रा मराजोको नाम घोषणा गर्ने क्रममा नयाँ इलेक्ट्रीक गाडी गाडी ल्याउने बताएपनि कुन गाडी ल्याउने भन्ने खुलाएनन् ।
महेन्द्राको पहिलो इलेक्ट्रीक एसयूभीको रुपमा केयुभी–१००लाई ल्याउने घोषणा यसअघि गोयंकाले नै गरेका थिए । यस आधारमा केयुभी १०० आउने अनुमान लगाउन सकिन्छ । यो एसयूभी आगामी आर्थिक वर्ष २०१९–२०२० को पहिलो क्वाटरमा आउने अनुमान गरिएको छ ।
महिन्द्राले अहिले इलेक्ट्रीक कार खोज्नेहरुलाई इटुव प्लस सानो कार र इ–भेरिटो इलेक्ट्रीक सेडान कारको विक्री वितरण गर्दै आइरहेको छ ।
महिन्द्राले लङ रेन्ज इलेक्ट्रीक मोटरसमेत उत्पादन गर्ने तयारी गरेको छ । उक्त मोटरले ३५० किलोमिटर माइलेज दिने गरी निर्माण भइरहेको कम्पनीले जनाएको छ । यसलाई कम्पनीले आउँदै गरेको कुपे एक्सयुभीमा दिने अनुमान गरिएको छ ।

