काठमाडौं । महिन्द्राको अल इलेक्ट्रीक एसयूभी ‘एक्सईभी नाइ ई’ ग्रीन कार अवार्ड २०२६ पाएको छ ।
एक्सईभी नाइन ईले भारतको सबैभन्दा प्रतिष्ठित अटोमोबाइल सम्मान ‘कार अफ द इयर (आइकोटी) २०२६’ मा उक्त अवार्ड पाएको हो ।
बीएमडब्लू, बीवाइडी, हुन्डाइ, किया, एमजी, टाटा, टेस्ला जस्ता प्रतिष्ठित इलेक्ट्रीक भेहिकलसँग प्रतिस्पर्धा गर्दै एक्सईभी नाइ ईले ग्रीन कार श्रेणीमा सबैभन्दा उच्च अंक पाएको हो ।
आइकोटीद्वारा प्रदान गरिने प्रमुख तीन अवार्डहरू मध्ये एक ग्रीन कार अवार्ड एक हो । वातावरणीय प्रदर्शन, ऊर्जा दक्षता र शून्य उत्सर्जन प्रविधिमा उल्लेखनीय प्रगति देखाउने सवारीलाई यस अवार्ड दिन्छ ।
यो अवार्डले एक्सईभी नाइ ईको इलेक्ट्रीक मोबिलिटीको प्रति पूर्ण समर्पण र समग्र दृष्टिकोणलाई विशेष रूपमा मान्यता दिएको छ। यो महिन्द्राको ‘बोर्न इलेक्ट्रीक’ इङलो प्लेटफर्मको सफलताको प्रमाण हो ।
एक्सईभी नाइन ईले नेपालमा पनि दिगो लक्जरी र नवीनताको नयाँ मानकको रूपमा स्थापित भएको छ । नेपालमा महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले एक्सईभी नाइन ई बिक्री गर्दै आएको छ ।
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले एक्सईभी नाइ ई नेपाली बजारमा आउँदा अतुलनीय विश्वसनीयता प्रदान गरेको बताए ।
‘ग्रीन कार अवार्डले एक्सईभी नाइ ईलाई नेपाली बजारमा प्रवेश गर्दा अतुलनीय विश्वसनीयता प्रदान गर्छ । यसले हाम्रो ग्राहकहरूलाई बताउँछ कि उनीहरू केवल प्रिमियम इलेक्ट्रीक एसयूभीमा लगानी गरिरहेका छैनन् । तर विश्व स्तरमा मान्यता प्राप्त, अवार्ड विजेता इन्जिनियरिङ्गमा पनि लगानी गरिरहेका छन्। यस सम्मानले हाम्रो प्रस्तुतिलाई बलियो बनाउँछ । नेपालमा प्रिमियम, दिगो इलेक्ट्रीक मोबिलिटीको नेतृत्व गर्ने हाम्रो मिशनलाई समर्थन गर्छ,’ उनले भने ।
महिन्द्रा एक्सईभी नाइन ई कुप्पे डिजाइन एसयूभी हो । कम्पनीले यसमा ५९ र ७९ किलोवाट आवरको ब्याट्री र १७० र २१० किलोवाटको मोटर अप्सन दिएको छ ।
एक्सईभी नाइन ईले १७५ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई २० देखि ८० प्रतिशत चार्ज गर्न केबल २० मिनेट लाग्ने कम्पनीको दाबी छ ।
यसको ग्राउन्ड क्लियरेन्स २०७ एमएम अग्लो छ । यसको ड्यासबोर्डमा तीन वटा स्क्रीन छन् । सबै स्क्रीनको साइज १२.३ इन्चको छ ।

