इलेक्ट्रीक सुपर बाइक, ५०० किलोमिटर माइलेज, प्रतिघन्टा २५१ किलोमिटरको रफ्तार !

काठमाडौं । बैङलोरको एक स्टार्टअप कम्पनी मनकामेले ‘इपी–१’ नामक इलेक्ट्रीक सुपर बाइक उत्पादन गर्ने भएको छ । 

एक पटकको फुलचार्जमा ४८० किलोमिटर यात्रागर्न सकिने यो बाइक सामान्यतया ७० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुदाउन सकिने भने यसको उच्च गति २५१ किलोमिटर प्रतिघन्टा रहने बताइएको छ । 

भारत सरकारले पछिल्ला दिनमा इलेक्ट्रीक उत्पादनलाई विशेष जोड दिएर नयाँ अनुसन्धान र आविश्कारमा लगानी बढाउँदै लगेको समयमा युवाहरुको स्टार्टअपले यस्तो उत्पादन ल्याउन लागेको हो ।   

लिक्विड–कुल्ड १८.४ किलोवाटको ‘हाइडेन्सीटी सामसुङ सेल’ ब्याट्री प्याक दिइने यो सुपर बाइकमा डेडिकेटेड म्याट्रिक्स ‘बीएमएस’ले ब्याट्रीका प्रत्येक सेललाई निरिक्षण र निगरानी गर्ने छ । जसले ब्याट्रीको लाइफ र कर्यक्षमता बढाउँछ ।

‘हाम्रो उद्देश्य सस्तो, राम्रो र बलियो बिद्युतीय सुपर बाइक बनाउने हो । जहाँ हाम्रो पतिस्पर्धा पेट्रोलियम बाइकसँग हुन्छ । हाम्रो टिम लागि परेको छ, पहिलो भारतीय इलेक्ट्रीक सुपर बाइक ल्याउन । त्यसैको परिणाम हो ‘इपी–१’ ९भ्ए(ज्ञ० यसलाई ६०० देखी ६५० सीसी र २५० किलोमिटर प्रतिघन्टाको उच्च स्पिडको बाइक सरह बनाउने लक्ष्य हामीले लिएका छौं’ सुपर बाइकको बारेमा बोल्दै कम्पनी प्रमुख स्वपनिल मनकामेले भने ।

‘इपी–१’ सुपर बाइकमा अर्मिद कभलर इन्फोर्सड ड्राइभिङ सिस्टम दिइने छ, जहाँ ४० किलोवाट हाई पर्फमेन्स ‘पिएमएसएम’ मोटर जडान गरिएको छ । अगाडिको चक्कामा ३२० एमएमको डियुल डिस ब्रेक र पछाडिको चक्कामा २४० एमएमको डिसब्रेक दिइएको छ । एबीबीएस, क्रुज कन्ट्रोललगायतका सुरक्षा यन्त्र यसमा समाबेस हुने छ । 

‘इपी–१’ बाइकको जम्मा तौल १६० किलोग्राम रहने छ भने ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । तीन मोडमा चलाउन सकिने यो बाइक इकोनोमी मोडमा १२० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुदाउन सकिने छ भने, यो बाइक स्पोर्टस मोडमा १८० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्ने छ । यदी बाइकलाई रेस मोडमा लानु भयो भने २५१ किलोमिटर प्रतिघन्टाको उच्च गति बाइकले प्रदान गर्ने छ ।  


Back_to_top