मारुती सुजुकीले २०१९ अल्टो के १० सार्वजनिक गरेको छ । विभिन्न सुरक्षा विशेषता सहित आएको नयाँ अल्टो के १० एआइएस १४५ सेफ्टी नर्मसमा आएको छ । सुरक्षालाई विशेष ध्यान दिइएकाले यो कारको मूल्य भने केही महगो भएको छ ।
२०१९ अल्टो के १० मा इबीडी सहितको एबीएस, स्पीड अलर्ट सिस्टम, को–ड्राइभ सिट बेल्ट रिमाइन्डरलगायत विशेषता थप गरिएको छ । विगतमा अल्टो के १० मा ड्राइभर एयरब्याग अप्लनल रहेकोमा अब स्ट्यान्डर्डको रुपमा रहेको थियो ।
पुरानो अल्टो के १० को मूल्य ३ लाख ३८ हवार ८ सय ९७ भारुबाट सुरु हुनेमा अब सुरुवाती मूल्य नै ३ लाख ६५ हजार ८ सय ४३ भारु भएको छ ।
त्यस्तै मारुती सुजुकीले अल न्यू रेनो क्वीडसंग प्रतिस्पर्धा गर्न एसयूभी स्टाइलको ह्याचब्याक मारुती वाइवानके बनाइ रहेको छ । यो कार मारुतीको फ्यूचर–एस कन्सेप्टमा बनाइने कम्पनीले जनाएको छ ।
सुरुमा अल्टो के १० मारुती जेन नेमप्लेटमा आउने हल्ला गरिएको थियो । तर सार्वजनिक हुदा यो कार नेक्स्ट जेनेरेसन मारुती अल्टो के१० कै रुपमा सार्वजनिक भएको छ ।


