टीभीएस मोटरले २०१८ को अटो एक्स्पोमा इलेक्ट्रीक स्कुटर क्रियोन र क्रुजर मोटसाइकल जेपलिनको अवधारणा सार्बजनिक गरेको थियो । कम्पनीले उक्त स्कुटर र मोटसाइकल २०२० को अन्त्यसम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ ।
क्रियोन इलेक्ट्रीक स्कुटरमा पावरफुल मोटर लगाइएको छ । यसले ५.१ सेकेन्डको समयमा ० देखि ८० किलोमिटरको रफ्तार पकड्ने कम्पनीले जनाएको छ ।
फुल चार्जमा स्कुटरले ८० किलोमिटर रेन्ज प्रदान गर्छ भने स्कुटर एक घन्टामा ८० प्रतिशत चार्ज हुन्छ । यसमा टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्पिडोमिटर, ब्याट्री चार्ज, हेल्थ स्टाटश, टेकोमिटर, ट्रिप मिटर, ओडोमिटर जस्ता स्मार्ट टेक्नोलोजी दिइएको छ ।
फरक राइडिग मोड, रिजेनेरिटिभ बार्किङ, एन्टि थिफ्ट जिपीएस नेभिगेसन, पार्क अस्टिस्ट लगायतका विशेषता दिइएको छ ।
यसका साथै टीभीएस जेपलिन क्रुजर अवधारणामा निर्माण भएको मोटरसाइकलमा २२० सीसी क्षमताको इन्जिन र इन्टिग्रेटेड स्टार्टर जेनेरेटर लगाइएको छ । यसले २० बीएचपी पावरका साथै १८.५ एनएम टर्क उत्पादन गर्छ ।
यसमा अल एलइडी हेडल्याम्प, डबल च्यानल एबीएस सिस्टम, टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टरलगायतका विशेषता दिइएको छ । यसको मूल्य करिब १ लाख ३० हजार भारुको हाराहारीमा पर्ने अनुमान गरिएको छ । इलेक्ट्रीक स्कुटरको मूल्य भने १ लाख भारु पर्ने अनुमान छ ।

