अर्को महिना सार्वजनिक हुँदै सुजुकी जिक्सर २५०, यस्ता छन् फिचर

सुुजुकीले आफ्नो दुईपाङ्ग्रे मोटरसाइकल जिक्सर-२५० सार्वजनिक गर्ने तयारी गरेको छ  । भारतीय मिडिया रिपोटका अनुुसार यो बाइक २० मे २०१९ मा भारतीय बजारमा सार्वजनिक हुनेछ । यसका साथै यो बाइकको नाम जिक्सर २५० र यसैका एसएफ भर्सनसमेत सार्वजनिक हुने बताइएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै जिक्सरमा डियुल च्यानल स्टान्र्डड एबीएसको विशेषता समेटिएको छ । साथै, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा उपलब्ध सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड २५० सीसी इन्जिनले २० बीएचपी पावरका साथै २० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसको इन्जिनमा ६ स्पिड ट्रान्समिसन लगाइएको छ । 

सुजुकी जिक्सरमा रेगुलर मोडलमा प्रयोग भैरहेको  टेलिस्कोपिक फ्रन्ट दिइएको छ भने, महङ्गो युएसडी सेटअप र मनोशक रियर सन्पेन्सन लगाइएको छ । 

कम्पनीले इन्ट्री लेभल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ । विशेषत, मोटरसाइकल प्रेमी युवापुस्तालाई मध्यनजर गर्दै कम्पनीले नयाँ उत्पादनमा जोड दिइरहेको छ । जिक्सर २५० को मूल्य १ लाख ४० हजार तथा जिक्सर एसएफ २५० को मूल्य १ लाख ५० हजार हुने अनुमान गरिएको छ । 

यमाहाले २०१७ मा आकर्षक मूल्यसहित सोही सेग्मेन्टको एफजेड २५ बजारमा ल्याएको थियो । सुजुकीले प्रिमियम मोटरसाइकलको मागलाई आधारमान्दै सार्वजनिक गर्ने भएको जिक्सर २५० ले राम्रो बजार पकड्ने विश्वास लिएको छ ।  

यसको नेपाली बजारमा आउँदा ४ लाख रुपैयाँ हाराहारीमा मूल्य पर्ने अनुमान लगाउन सकिन्छ । यसले बजारमा यमाहा एफजेड-२५ प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top