काठमाडौं । भोलि नयाँ वर्षको दिनबाट रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन हुने भएको छ ।
पहिलो पटक बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालन हुने भएको हो ।
सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि बागमती नदीमा मोटरबोट सञ्चालनमा आउन लागेको हो ।
११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने बागमती गाउँपालिकाले जनाएको छ ।
हाल चितवनको नारायणी नदीमा सञ्चालित ११ सिट रहेको मोटरबोटलाई नै बागमतीमा लगेर सञ्चालन गरिने छ । पछि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै बोट सञ्चालन गरिने योजना गाउँपालीकाले बनाएको छ ।
मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

